तरकारी बजार पठाउने तयारी

म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित मोचाबारीमा सञ्चालनमा रहेको आई.पि.एम. (एकीकृत कीट व्यवस्थापन) कृषक पाठशालामा आवद्ध कृषकहरुले उत्पादन गरेको तरकारी बजार पठाउने तयारी गरिदै ।
आई.पि.एम.ले कृषिमा सकारात्मक परिवर्तनको उदाहरण प्रस्तुत गरेको छ । सिकाइ, सहकार्य र मिहिनेतलाई एकैसाथ जोड्दै सञ्चालन गरिएको उक्त कार्यक्रमले स्थानीय कृषकहरूको उत्पादन क्षमतामा उल्लेखनीय सुधार ल्याएको छ ।
पाठशालामा सहभागी कृषकहरूले निरन्तर अभ्यास, आधुनिक प्रविधिको प्रयोग र सामूहिक प्रयासमार्फत तरकारी उत्पादनमा वृद्धि गरेका छन् । ‘सिक्दै, गर्दै र बढ्दै’ भन्ने अवधारणालाई आत्मसात गर्दै कृषकहरू आत्मनिर्भरतातर्फ उन्मुख देखिएका कृषि विकास कार्यालय तनहुँले जनाएको छ । कार्यक्रमले कृषकहरूमा नयाँ प्रविधि अपनाउने र व्यावसायिक खेतीतर्फ आकर्षण बढाएको कार्यालयले जनाएको छ ।
यद्यपि उत्पादन वृद्धि भए पनि बजार अभावले कृषकहरूलाई समस्या परेको छ । यहाँ उत्पादित विषादिरहित तरकारी बिक्री गर्न र उचित मूल्य पाउन कठिनाइ भइरहेको कृषकहरूको गुनासो छ । स्थानीय बजार सीमित हुँदा उत्पादित तरकारी खपत हुन नसक्ने र मूल्य घट्ने अवस्था रहेको उनीहरूले बताएका छन् ।
कृषकहरूका अनुसार बजार व्यवस्थापन, ढुवानी तथा व्यापारीसँग समन्वयको अभावले उत्पादनको उचित मूल्य पाउन नसकिएको हो। यसका लागि स्थानीय तह र सरोकारवालाहरूले प्रभावकारी पहल गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। कृषि क्षेत्रमा सकारात्मक नतिजा देखिएको यस कार्यक्रमलाई दिगो बनाउन उत्पादनसँगै बजार व्यवस्थापनमा ध्यान दिन आवश्यक देखिएको छ ।
तस्विर : भञ्ज्याङ
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker