व्यास नगरपालिकाले महत्वपूर्ण योजनाको ठेक्का प्रक्रिया अघि बढाउने

दमौली : तनहुँको व्यास नगरपालिका महत्वपूर्ण योजनाको ठेक्का प्रक्रिया अघि बढाउने भएको छ । नगर प्रमुख बैकुण्ठ न्यौपानकोे अध्यक्षतामा बसेको कार्यपालिकाको २३९औँ बैठकले उक्त निर्णय गरेको हो । बिहीबार बिहान सम्पन्न बैठकले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुतिका लागि ४५औँ नगरसभा आह्वान गर्ने लगायत विभिन्न महत्वपूर्ण निर्णय गरेको छ ।

बैठकले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्न मिति असार १० गते बुधबार बिहान ११ः३० बजे नगर सभाकक्षमा ४५औँ नगरसभाको बैठक आह्वान गर्ने निर्णय गरेको छ। नगरसभामार्फत आगामी वर्षका विकास प्राथमिकता, नीति तथा बजेट सार्वजनिक गरिनेछ ।

बैठकमा चालु आर्थिक वर्षका विभिन्न विकास योजनाको कार्यान्वयन अवस्थाबारे समीक्षा गर्दै बजेट अभाव तथा निर्माणस्थलसम्बन्धी समस्याका कारण हालसम्म ठेक्का प्रक्रिया अघि बढ्न नसकेका महत्वपूर्ण योजनाहरूलाई आवश्यकतानुसार स्थान परिवर्तन गरी बजेट सुनिश्चित गर्दै ठेक्का प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको प्रवक्ता सुरेश थापाले बताए ।

त्यस्तै, ठेक्का सम्झौता भइसकेका केही योजनाहरूको प्रगति सन्तोषजनक नरहेको विषयमा पनि बैठकमा छलफल भएको थियो। निर्धारित समयमै काम सम्पन्न नहुने अवस्था देखिएका योजनाका निर्माण व्यवसायीबाट लिखित प्रतिबद्धता लिएर मात्र औचित्यका आधारमा परियोजनाको निर्धारित अवधिसम्म म्याद थप गर्ने निर्णय गरिएको छ ।

बैठकले महालेखा परीक्षकको प्रतिवेदन २०८३ मा उल्लेख भएका असुलउपर गर्नुपर्ने बेरुजु रकम तत्काल दाखिला गर्न सम्बन्धित सरोकारवाला पक्षलाई निर्देशन दिने निर्णय पनि गरिएको छ ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker