विदेशबाट फर्किएर सामुहिक व्यवसाय : अनुदान होइन उत्पादित उपजको मूल्य निर्धारण गरी बजारीकरणको व्यवस्था मिलाइदिनु पर्छ

नारायण खड्का (दमौली)

रोजगारीको खोजीमा भौतारिने युवापुस्ता पछिल्लो समय एकल वा सामुहिक रुपमा व्यवसाय गर्न तर्फआकषिर्त हुँदै गएका छन् । आफ्नो गाउँठाउँमा केही छैन भन्ने युवाहरु पनि अहिले विदेश होइन आफ्नै ठाउँमा केही गर्नुपर्छ भनि व्यवसायिक रुपमा पशुपालन, तरकारी खेती, कुखुरापालना तथा दुध उत्पादन जस्ता व्यवसाय अंगाल्न थालेका छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका-९ सुरौदीका ८ जना युवाहरु पनि वैदेशिक रोजगारीबाट फर्किएर अहिले सामुहिक रुपमा पशुपालन, तरकारी, फलफूल लगायतका खेती तथा व्यवसाय सञ्चालन गरी आम्दानी लिन थालेका छन् ।

विभिन्न मुलुकमा लामो समय रोजागरीमा बिताएका यी युवाहरुले अहिले आफ्नै गाउँठाउँमा केही गर्नुपर्छ यही नै सुन फलाउन सकिन्छ भन्ने लक्ष्यका साथ जग्गा भाडामा लिएर व्यवसाय सुरु गरेका हुन् । करिब दुइ सय रोपनी क्षेत्रफल जग्गा भाडामा लिएर शुक्ला सुरौदी लाइभ स्टक एग्रो प्रालि फारममा व्यवसायिक रुपमा सञ्चालन गरेको फारमका कोषाध्यक्ष नवराज गौतमले बताए।

‘व्यवसायिक रुपमा बंगुर पालन, तरकारी, फूल खेती तथा गाई, भैंसी, माछाका साथै कुखुरा पालन गरेका छौ’, गौतमले भने, ‘अब विदेश होइन आफ्नै गाउँठाउँ र परिवारका साथमा बसि स्वरोजगार बन्नुपर्छ भन्ने सोचका साथ काम गरेका छौं ।’

व्यवसायमा हालसम्म करिब ६० लाख रुपैयाँ बराबरको लगानि भएको फारम सञ्चालक विशाल केसीले बताए । उनले भने, ‘१० वर्षका लागि जग्गा भाडामा लिएर व्यवसय सुरु गरेका छौ । जग्गा भाडा मात्रै वाषिर्क १ लाख २५ हजार रुपैयाँ र फारमको ३५ हजार रुपैयाँ भाडा बुझाउने गरेका छौं ।’

‘करिब ९ वर्षसाउँदी अरबमा बिताए अब यही केही गर्नुपर्छ पनि साथीहरु मिलेर सामुहिक रुपमा यो व्यवसाय सञ्चालन गरेका छौ’, केसीले भने, ‘सरकारी निकायले कृषकलाई अनुदान भन्दा उत्पादिन उपजको बजारीकरणमा ध्यान दिनुपर्छ ।’

उनले भने, ‘तरकारी, फलफूल, कुखुरा, बंगुर तथा घाँसमा आधारित गाईभैंसी समेत पालना गरेका छौं तर, यो उत्पादन कसरी बजारी करण गर्ने भन्ने हामीलाई मुख्य समस्या रहेको छ ।’ सरकार तथा सरोकारवाला निकायले यो उत्पादित कृषि उपजको उचित मूल्य निर्धारण गरी बजारीकरणको व्यवस्था गरिदिएमा दीर्घकालिन रुपमा व्यवसाय सञ्चालन गर्न सहज हुने फारमका सदस्य केसी बताउँछन् ।

यस्तै, युवाहरुले तिहार पर्वलाई लक्षित गरी सयपत्री फूल खेती समेत गरेका थिए । करिब ६० हजार रुपैयाँको लगानिमा दुइ रोपनी क्षेत्रफलमा गरिएको फूलखेतीबाट राम्रो आम्दानी लिन सफल भएको फारमका व्यवस्थापक कोष बहादुर तामाङले बताए ।

‘कोरोना कहरका कारण बजार पाउँदैन कि भन्ने चिन्ताले थोरै फूलखेती गरिएपनि उपभोक्तहरु फारममै आएर फूल खरिद गरेपछि माग अनुसार पुर्‍याउन सकिएन’, तामाङले भने, ‘प्रतिमाला १६० रुपैयाँका दरले फूल बिक्री गरेका थियौं, २ लाख रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्य थियो तर, लक्ष्यभन्दा बढि आम्दानी लिन सफल भयौं।’

कोरोना कहरको चपेटामा परेका अधिकांश युवाहरु यतिबेला रोजगारी गुमाएर बसेका छन् । बेरोजगार बनेका युवाहरुलाई आफ्नै गाउँठाउँमा कृषि, पशुपलन लगायतका व्यवसायमा आकषिर्त गर्न समयमै उचित कार्यक्रम ल्याउन सरकार तथा सरोकारवाला निकायले ध्यान पुर्‍याउनु पर्छ ।

कृषकहरुले धेरै लगानि र मेहनतका साथ उत्पादन गरेको उपजले उचित मूल्य नपाउने, बिचौलिया हाबी हुने, बजार नपाउने जस्ता समस्या झेल्दै आएका छन्। यस्ता समस्याको सहज निकासका लागि र युवाहरुलाई व्यवसायिक कृषि, पशुपालन जस्ता व्यवसायमा टिकाई राख्न उत्पादित उपजको उचित मूल्य निर्धारण र बजारीकरणमा ध्यान पुगोस ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker