स्वास्थ्य सेवालाई सहज र प्रभावकारी बनाउनुपर्छ : स्वास्थ्यमन्त्री पौडेल जिपी कोइराला र दमौली अस्पतालको निरीक्षण

तनहुँ । विभिन्न कार्यक्रममा सरिक हुन सोमबार गृहजिल्ला तनहुँ आएका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य स्वास्थ्य सेवालाई गुणस्तरीय र विश्वसनीय बनाउनुपर्ने बताएका छन् । उनले गुणस्तरीय शिक्षा सेवा प्रवाहका लागि आवश्यक जनशक्ति उत्पादनका लागि चिकित्सा शिक्षा अध्ययनलाई पनि ध्यान दिनुपर्नेमा जोड दिइएका छन् ।
स्वास्थ्यमन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला आइपुगेका पौडेलले जिल्लाका स्वास्थ्य संस्थाको अवस्थाका विषयमा समेत जानकारि लिइएका थिए । दमौली अस्पतालका अवस्थाका विषयमा जानकारी लिदै उनले गुणस्तरीय सेवा प्रवाहका लागि अस्पतालमा चिकित्सक अभाव हुने अवस्था रहेकाले यसको व्यवस्थापनका लागि चिकित्सा शिक्षा अध्ययनको पाटोलाई पनि व्यवस्थित बनाउनुपर्ने बताएका छन् ।
‘स्वास्थ्य क्षेत्र आमनागरिकको नैसङ्र्गिक अधिकार भएकाले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउँदै आमनागरिकको पहुँच स्थापित गर्न आवश्यक छ’, उनले भने, ‘गुणस्तरीय स्वस्थ्य सेवामा आमनागरिकको सहज पहुँच स्थापित गर्न अस्पतालका भौतिक संरचना बनाएर मात्रै हुँदैन भएका संरचनाको उपयोग गरी सहज सेवा प्रवाहको वातावरण तयार गर्ने प्रयासमा रहेका छौँ ।’
आमनागरिकलाई स्वास्थ्यको पहुँचमा पु¥याउन स्वास्थ्य बीमालाई व्यवस्थित गर्न आफु लागिपरेको बताउँदै उनले भने, ‘स्वास्थ्य बीमालाई व्यवस्थित, बीमितको प्रिमियमलाई व्यवस्थित गर्न स्वास्थ्य बीमालाई बीमाको सिद्धान्तअनुसार अगाडि बढाउनुपर्नेछ । त्यसका लागि स्वास्थ्य बीमा क्षेत्रमा हाल देखिएका समस्या र गुनासा सम्बोधनमा जोड दिनेछौ ।’
केही वर्षपछि चिकित्सक नै अस्पतालमा अभाव हुने होकी भनने अवस्था देखिएको बताउँदै उनले भने, ‘चिकित्सा शिक्षा अध्ययनलाई सहज बनाउन आवश्यक छ । केही वर्षमा चिकित्सा शिक्षाका लागि विद्यार्थी नपाइने अवस्था आउन सक्छ । यसकारण २५० शय्या क्षमताका अस्पतालमा चिकित्सा शिक्षा अध्ययन गराउने व्यवस्था हुनुपर्छ, यसले विदेशिने युवाको संख्यामा पनि कमी आउनसक्छ । तीन तहका सरकारको सहकार्य तथा समन्वयमा सबै अस्पतालको सेवा विकासमा लाग्नुपर्छ ।’
यस्तै, जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई विशिष्टिकृत अस्पतालको रूपमा विकास गर्नुपर्ने बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित श्वासप्रश्वास उपचार केन्द्रको निरीक्षण गर्दै उनले अस्पताललाई शिक्षण अस्पतालको रूपमा विकास गर्नुपर्नेमा जोड दिइएका छन् ।
संघीय सरकार मातहत रहेको उक्त अस्पतालको गुरुयोजना बनाएर सुविधासम्पन्न बनाउनेतर्फ लागेको बताउँदै उनले भने, ‘मैले अस्पतालसँग गुरुयोजना मागेको छु । एक महिनाको समयसीमा तोकिएको छ । गुरुयोजना प्राप्त भएपछि आवश्यक प्रक्रिया अगाडि बढाउनेछौँ ।’
मन्त्री पौडेलले निरीक्षणका क्रममा अस्पतालले प्रदान गरिरहेको सेवा, भोग्नुपरेको समस्याका बारेमा जानकारी लिएका थिए । अस्पतालको स्तरोन्नति र थप विकासका लागि सरकारले सहयोग गर्ने उनले प्रतिवद्धता जनाएका छन् ।
मन्त्री पौडेललाई अस्पतालका बारेमा कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी गराएका थिए । सरकारले चालु आर्थिक वर्षको बजेटमा केन्द्रका लागि पूर्वाधार र उपकरण उपलब्ध गराउने शीर्षकमा बजेट विनियोजन गरेको छ । विसं २०६७ मा स्व. गिरीजाप्रसाद कोइरालाको नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने उद्देश्यले अस्पताल स्थापना गरिएको थियो।
सोही ठाउँमा रहेको सेतीगङ्गा सामुदायिक अस्पतालको स्वामित्व विसं २०७५ मा जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई हस्तान्तरण गरिएको हो । हाल उपचार केन्द्रको नाममा ७४० रोपनी जग्गा प्राप्ति भइसकेको छ ।
पचास शय्याको अस्पतालमा सवारी दुर्घटनाका घाइतेका साथै झाडापखला, टाइफाइड, ज्वरो, ग्याष्ट्रिक, पेटसम्बन्धी र हाडजोर्नीका बिरामी नियमित आउने गरेका उपचार केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले जानकारी दिए। केन्द्रले पछिल्लो समययता विभिन्न स्वास्थ्य सुविधा थप गर्दै गएको छ। नागरिकलाई सहजरूपमा सबै प्रकारका स्वास्थ्य सेवा दिने उद्देश्यसहित सुविधा विस्तार गर्दै लगिएको उनले बताए ।
अस्पतालमा तनहँुको शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिकासहित स्याङजा, पाल्पा र नवलपरासी जिल्लाका नागरिक पनि सेवा लिन आउँछन्।
अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन, कल्चर सेवा दिइरहेको छ । अस्पतालमा ओपिडी सेवा, चौबिसैँ घण्टा इमर्जेन्सी सेवा, ल्याब, भिडियो एक्सरे सेवा, सामान्य शल्यक्रियालगायत सेवा दिइरहेको छ ।
यहाँ श्वासप्रश्वासको उपचार पनि सुरु भइसकेको छ । अस्पतालमा दैनिक २५० भन्दा बिरामी आउने गरेकामा ४०÷५० जना श्वासप्रश्वासका रहेका अस्पतालका कार्यकारी निर्देशक डा श्रेष्ठले जानकारी दिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker