देश विषम् परिस्थितितर्फ धकेल्लिएको छ : पूर्वसभामुख रानाभाट

राजकुमार आले

पुर्वसभामुख तारानाथ रानाभाटले देश विषम् परिस्थितितर्फ धकेल्लिएको बताए । बुधबार तनहुँको म्याग्दे गाउँपालिकाको प्रसाशकिय भवनको शिलान्यास गर्दै पुर्वसभामुख रानाभाटले झण्डै दुईतिहाई जनादेश प्राप्त गरेको नेकपाको आन्तरिक विवादले देश अन्योलतामा फसेको र जसले गर्दा अस्थिरताको सम्भावना बढेर गएको बताएका हुन् ।

उनले भने–‘संस्कारको कुरा हो कि? हिजोको अभ्यासको धङधङ्गी हो कि? नेपाली जनताको चाहाना त हैन, जनताको अपार बहुमत प्राप्त सरकारलाई काम गर्न जनताकोतर्फबाट कुनै  अप्ठ्यारो नै थिएन । उनीहरुकै दुई समुहको अन्तरद्धन्द्धले अहिलेको परिस्थिति सिर्जना भएको हो ।’ यसअघि उनले भने–‘एउटा उखान छ नि, दुई साँडेको जुधान, दुईतिहाईको बहुमत दिने बाच्छाबाच्छीहरुको मिचान अहिले भयो ।’

पुर्वसभामुख रानाभाटले संसद विघटन अवैधानिक भएको तर्क गरेका छन् । उनले भने–‘यो विषय अदालतमा विचाराधिन छ,म धेरै बोल्दिन,हाम्रो कोर्रा बुद्धिले संविधान पल्टयाएर हेर्दा न अक्षरमा न भावनामा सरकारले प्रतिनिधिसभा विघटन गर्नसक्छ भनेर त्यहाँ लेखेको छैन ।’ उनले संविधान,राजनैतिक नैतिकता र जनताप्रतिको समर्पणतर्फ सरकारको कुनै वास्तै नभएको समेत बताए ।दुईतिहाई मत प्राप्त नेकपाले काम गरेर उदाहरणीय बन्ने अवसर गुमाएको बताउँदै बरु सरकारले जनताको स्वास्थ्यमा समेत बेइमानी गरी भष्ट्रचारमा लिप्त भएको आरोप लगाए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker