लमजुङको बागलुङपानी–घलेगाउँ–भुजुङ सडक स्तरोन्नतिमा ढिलाइ

लमजुङ : लमजुङको बेँसीसहर–बागलुङपानी–घलेगाउँ–भुजुङ सडक स्तरोन्नतिमा ढिलाइ भएको छ । गण्डकी प्रदेश सरकारद्वारा विनियोजित बजेटबाट सुरु गरिएको क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानीदेखि वडा नं ४ भुजुङसम्मको १७ किलोमिटर सडक स्तरोन्नतिमा ढिलाइ भएको हो ।

पूर्वाधार विकास कार्यालयका अनुसार पटक–पटक म्याद थप गरिएपनि स्तरोन्नति समयमा सम्पन्न हुन सकेको छैन । यस सडकको स्तरोन्नति गर्ने म्याद आगामी असोज २८ गतेसम्म रहेको छ । तर हालसम्म ७० प्रतिशत मात्रै भौतिक प्रगति भएको उक्त कार्यालयले जनाएको छ ।

बागलुङपानीबाट घलेगाउँसम्म १० किलोमिटर सडक कालोपत्र र घलेगाउँदेखि भुजुङसम्म सात किलोमिटर सडक ग्राभेल गर्न कान्छाराम–नाना जेभीले विसं २०७६ असोज २९ गते सम्झौता गरेको थियो । सम्झौता अनुसार विसंं २०७८ असोज २९ गतेभित्र सम्पन्न गर्नुपर्ने थियो । समयमा ठेकेदारले काम नगरेपछि विसं २०७९ असोज २८ गतेसम्म काम सम्पन्न गर्ने भनी पहिलो पटक म्याद थप भएको थियो ।

उक्त समयमा कामले गति लिन नसकेपछि विसं २०८० चैत २२ गते पुनः दोस्रो पटक म्याद थप गरी आगामी असोज २९ गतेभित्र सम्पन्न गर्ने सम्झौता भएको थियो । पछिल्लो पटक थप गरिएको म्याद सकिन डेढ महिना बाँकी छ । हालसम्मको कार्य प्रगति हेर्दा यसपटक पनि काम सम्पन्न हुने अवस्था छैन ।

कार्यालयका सब–इञ्जिनियर दीपक देवकोटाका अनुसार सो सडकअन्तर्गत क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानीदेखि वडा नंं ३ घलेगाउँसम्मको १० किलोमिटर कालोपत्रमध्ये हालसम्म तीन किलोमिटर सडक कालोपत्र भएको छ । ‘स्ट्रक्चर’को काम अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । घलेगाउँदेखि भुजुङसम्मको सात किलोमिटर सडकमा ग्राभेलको काम बाँकी छ ।

पूर्वाधार विकास कार्यालयका अनुसार सडकमा नाली निर्माण गर्न ३० प्रतिशत बाँकी छ । ठेकेदारको लापरबाहीका कारण सो कार्य लामो समय अलपत्र रहेकाले पटक–पटक म्याद थप गर्दासमेत सम्पन्न हुन सकेको छैन । उहाँका अनुसार छ मिटर चौडाइको कालोपत्र र एक मिटर चौडाइको नाली निर्माण हुनेछ ।

बागलुङपानीदेखि घलेगाउँसम्मको १० किलोमिटर सडकमा ‘क्लोज ग्रेडिङ प्रिमिक्स’ प्रकृतिको कालोपत्र भइरहेको छ । उक्त सडक कालोपत्र तथा ग्राभेलका लागि रु ३४ करोड ७७ लाख १४ हजार चार सय १० मा ठेकेदार कम्पनीले ठेक्का लिएको थियो । (रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker