आँवुखैरेनीले वितरण गर्‍यो विद्यार्थीलाई छात्रवृत्ति रकम

भञ्ज्याङ समाचारदाता/आँवु

तनहुँको आँबुखैरेनी गाउँपालिकाले गरिब तथा जेहेन्दारलाई रु छ लाख ५० हजार छात्रवृत्ति रकम वितरण गरेको छ । आँबुखैरेनी गाउँपालिका क्षेत्रभित्रका स्थायी ठेगाना भएका गरिब तथा जेहेन्दार विद्यार्थीलाई अध्ययनमा सहयोग पुर्‍याउने उद्देश्यसहित गाउँपालिकाले २२ जनालाई छात्रवृत्तिस्वरुप रु छ लाख ५० हजार वितरण गरेको हो ।

गाउँपालिका छात्रवृत्ति वितरण कार्यविधि, २०७९ अनुसार गत मंसिर २९ गते प्रकाशित सूचनाबमोजिम निवेदन पेस गरेका विद्यार्थीलाई छात्रवृत्ति वितरण समितिको सिफारिस तथा गाउँ कार्यपालिकाको निर्णयबमोजिम छात्रवृत्ति रकम वितरण गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो ।

“विभिन्न तहमा अध्ययनरत विद्यार्थीको पढाइमा सहयोग पुगोस् भन्ने उद्देश्यसहित छात्रवृत्ति रकम वितरण गरेका हौँ, यसले गर्दा उहाँहरूको पढाइलाई टेवा पुग्ने विश्वास लिएका छौँ”, चुमानले भन्नुभयो ।

छात्रवृत्ति प्राप्त गर्नेमा उच्च माध्यमिक तहदेखि विद्यावारिधि तहसम्म अध्ययनरत विद्यार्थी छन्। छात्रवृत्ति पाउनेमा आँबुखैरेनी गाउँपालिका-३ का अमर ठकुरीले युनिभर्सिटी अफ साउथ डाकोटाबाट विद्यावारिधि गर्दै हुनुहुन्छ । गाउँपालिकालाई उहाँलाई रु एक लाख छात्रवृत्ति रकम वितरण गरेको छ ।

आँबुखैरेनीस्थित मित्रता माविमा कृषिमा स्नातक अध्ययनरत सरन विकलाई रु ५० हजार, गण्डकी आवासीय माध्यमिक विद्यालयमा उच्च शिक्षा अध्ययनरत वृक्षा बयलकोटीलाई रु ३० हजार, गोल्डेन गेट इञ्जीनियरिङ कलेजमा अध्ययनरत सुलभ श्रेष्ठलाई रु ५० हजार, अरोमा माध्यमिक विद्यालयमा अध्ययनरत आस्था थापालाई रु ३० हजार, राम शाह माविमा अध्ययनरत विमल गुरुङलाई रु १५ हजार, बिबिए अध्ययनरत श्रेया गौलीलाई रु ५० हजार, राम शाह माविमा अध्ययनरत रचना प्रगतिलाई रु ३० हजार, राम शाह माविमा अध्ययनरत अनिष रसाइलीलाई रु ३० हजार छात्रवृत्ति रकम वितरण गरिएको छ ।

राम शाह माविमा अध्ययनरत सिर्जना थापालाई रु १५ हजार, सङ्गम मगरलाई रु १५ हजार, मिरिन आलेमगरलाई रु १५ हजार, मित्रता माविमा अध्ययनरत सुनिता नेपालीलाई रु १५ हजार, राम शाह माविमा अध्ययनरत विमला गुरुङलाई रु १५ हजार, शुक्रराज गुरुङलाई रु १५ हजार, आँबुखैरेनी क्याम्पसमा अध्ययनरत खिलमाया खवासलाई रु २० हजार, पूर्णिमा खवासलाई रु २० हजार, जनप्रिय माविमा अध्ययनरत दिक्षा दुवाडीलाई रु १५ हजार, मित्रता माविमा अध्ययनरत रक्षा खनाललाई रु ५० हजार, सलिना विकलाई रु ५० हजार र पूजा नेपालीलाई रु १५ हजार वितरण गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker