तनहुँको भानु नगरपालिकामा सञ्चालित मासु पसलको अनुगमन

भानु : तनहुँको भानु नगरपालिकाले मासु पसल अनुगमन गरेको छ । चाडपर्व नजिकिएसँगै चाडपर्व लक्षित मासु पसलको अनुगमन गरिएको हो । पशुपंछी तथा मत्स्य विकास शाखाका पशु सेवा प्राविधिक अमित ढुंगानाका अनुसार चाडपर्व लक्षित बजार अनुगमनको पहिलो चरणमा मासु पसलहरूमा अनुगमन गरिएको हो ।
उपभोक्ता सचेतनाको अभावका कारण गुणस्तरमा बजारको असन्तुलन देखिएकोले पशुपंछी तथा मत्स्य विकास शाखाका प्रमुख सुशील ऐरीको नेतृत्वमा चन्द्रावती, टुहरेपसल, सेपाबगैचा, बाईसजागर, कालीमाटी लगायत स्थानमा सञ्चालित मासु पसलहरुमा अनुगमन गरिएको थियो ।
अनुगमनका क्रममा कतिपय पसलहरू दर्ता विनै सञ्चालनमा रहेका, मूल्य सूचि नभएको, सरसफाइ नभएको, खसिबोका, बाख्रा र कुखुराको मासु एकै ठाउँ फ्रिजिङ गरिएको लगायतका त्रुटीहरु पाइएको छ ।
नगरपालिका क्षेत्रमा सञ्चालित मासु पसलको बुधबार गरिएको अनुगमनका क्रममा ८० प्रतिशत मासु पसल नियम विपरित सञ्चालन गरेको पाइएको छ ।
पसलको साईन बोर्डसमेत नराखी खुला रुपमा मासु बेचेको, मासु फोहोर भएको, मूल्यसूची नराखिएको, कामदारले माक्स र एप्रोनको प्रयोग नगरेको, जालीको व्यवस्था नगरेको पाइएपछि टोलीले व्यवस्थित गर्न निर्देशन दिएको छ ।
नगरपालिकाले चन्द्रावतीदेखि कालीमाटी सम्मका २५ पसलमा अनुगमन गरिएकामा १९ वटा बिना दर्ता सञ्चालन भएको पाइएको पशु सेवा प्राबिधिक अमित ढुंगानाले बताए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker