दश महिनामा आँवुखैरेनीका ३२ महत्वपूर्ण काम

भञ्ज्याङ समाचारदाता/आँवु

तनहुँको आवुँखैरेनी गाउँपालिकामा निर्वाचित भएर आएका जनप्रतिनिधिहरुले १० महिनामा गरेका ३२ महत्वपूर्ण कामको विवरण सार्वजनिक गरिएको छ ।

२०७९ जेष्ठ ५ गते आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले सपथ लिई पदवहाली गरे लगतै भएका महत्वपूर्ण कामहरु गाउँपालिकाले सार्वजानिक गरेको हो । यो अवधिमा घर-घरमै सामाजिक सुरक्षा भत्ता उपलव्ध गराउने पहिलो जनप्रिय निर्णयसँगै सम्पूर्ण जनप्रतिनिधिहरुको संयुक्त प्रयासमा १० महिनामा गाउँपालिका भित्र सम्पादित ३२ महत्वपूर्ण जनप्रिय कार्यहरु सार्वजानिक गरिएको छ ।

यो अवधिमा आवुँखैरेनीले १५ श्यैयाको अस्पताल स१चालन गरेको छ । घर घरमै स्वास्थ्य परीक्षण एवं सामाजिक सुरक्षा भत्ता वितरण, नागरिक सेवा केन्द्र स्थापना, ज्येष्ठ नागरिक, अशक्त र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा, हाट बजार सञ्चालन, निःशुल्क घर नक्सा निर्माण, जग्गाको वर्गीकरण, आँखा उपचार केन्द्र सञ्चालन, क्यान्सर लगायत जटिल रोगका विरामीलाई ५० हजार उपलब्ध तथा कृषि उत्पादन प्रबर्द्धन केन्द्र सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

महत्वपूर्ण काममा द्वन्द्वकालका शहिद परिवार, वेपत्ता परिवार र घाइते अपाङ्ग परिवारलाई मासिक जीवन निर्वाह भत्ता वितरण, मुख्यमन्त्री नवप्रबर्द्धन साझेदारी केन्द्र स्थापना, एक वडा एक कालोपत्रे सडक कार्यक्रम, जलपर्यटन प्रबर्द्धन अध्ययन केन्द्र स्थापना, सामुदायिक विद्यालयमा बसको व्यवस्थापन, कक्षा १ देखि ५ सम्मका छात्रछात्रलाई निःशुल्क पोशाक तथा झोला वितरण, जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा र एमविविएसमा छात्रबृत्ति उपलब्ध गराइएको समावेश गरिएको छ ।

यस्तै, एक वडा एक कृषि उत्पादन कार्यक्रम, जनप्रतिनिधिको बैठक भत्ताबाट स्वयंसेवक शिक्षक नियुक्ती, जनप्रतनिधिको छोराछोरी अनिवार्यरुपमा सामुदायिक विद्यालयमा भर्ना कार्यक्रम, भुमिहिन तथा सुकुम्बासीलाई जग्गाको निस्सा वितरण, फास्ट ट्रयाक निर्माण, स्थानीय समाजसेवीलाई सम्मान, महिला, दलित र अपाङ्गलाई व्यवसाय दर्तामा ५० प्रतिशत शुल्क छुट, कोभिड-१९ विरुद्धको भ्याक्सिन सतप्रतिशत लगाउन सफल, ऐन पहरा पर्यटकीय हव र सिसाको पुल निर्माण अन्तिम चरणमा तथा ज्येष्ठ नागरिकलाई तीर्थ यात्रा लगायतका कार्यक्रमहरु सम्पादन गरिउको गाउँपालिकाले सार्वजनिक गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker