मिर्गौला पीडित पण्डितलाई सहयोगको अपिल
भञ्ज्याङ समाचारदाता/दमौली

नेपाल निजामति कर्मचारी संगठन तनहुँले संगठनका केन्द्रीय सदस्य रामचन्द्र पण्डितको उपचारमा सहयोग गर्न अपिल गरेको छ । दुबै मिर्गौला फेल भएर उपचाररत पण्डितको सहयोगका लागि संगठनले अपिल गरेको हो । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अधिकृत पण्डितको केही समय अगाडी दुबै मिर्गौलामा समस्या आएको बताइएको छ ।
नेपालमा उपचार सम्भव नभएका कारण कलकत्तास्थित अस्पतालमा पण्डितको मिर्गौला प्रत्यारोपणको तयारी गरिएको संगठनका जिल्ला अध्यक्ष रुद्र ठकुरीले जानकारी दिए पण्डितको आर्थिक स्रोतले मात्र धान्न नसक्ने अवस्था रहेकाले सबैसँग सहयोगको अपिल गरिएको अध्यक्ष ठकुरीले बताए ।
सहयोगका लागि निजामति कर्मचारी संगठन तनहुँको नाममा राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नम्बर ३५२०१०००००४६३००१ वा माछापुच्छ्र्रे बैंकमा रामचन्द्र पण्डितको नाममा रहेको खाता नम्बर १२३६५२४१११३३९०११ मा रकम जम्मा गर्न सकिने बताइएको छ ।










