श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

श्रीमतीको हत्या गरेको आरोपमा तनहुँको भानु नगरपालिका–८ गैरीफाँटमा ४२ वर्षीय ओमनारायण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठले बिहीबार ३९ वर्षीय श्रीमती प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेको बताइएको छ ।

बन्चरोको प्रहारबाट घाइते श्रेष्ठलाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए ।

हत्या अभियुक्त श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । घरायसी झैझगडाका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker