आठौं तनहुँ महोत्सव एक दिन लम्बियो

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँ उद्योग वाणिज्य संघले दमौलीमा सञ्चालन गरेको आठौं तनहुँ महोत्सव एक दिन थपेको छ । व्यपारीहरुको अनुरोधमा एक दिन समय थपिएको संघले जनाएको छ ।

आज आइतबार समापन गरिने गरी सञ्चालित महोत्सव भोली सोमबार समापन गरिने भएको छ । उक्त महोत्सवको नेपाल सरकरका गृहमन्त्री बालव[mष्ण खाँणले समापन गर्ने कार्यक्रम तय भएको महोत्सव मुल समारोह समितिका संयोजक पविन्द्र कुमार श्रेष्ठले बताए ।

यस्तै, महोत्सवको दशौं दिन शनिबार दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो । शनिबार बिदाको दिन परेको र चर्चित कलाकारहरु शान्तिश्री परियार लगायतको सांगितक प्रस्तुतिका कारण दर्शकको सहभागिता राम्रो रहेको आयोजकले जनाएको छ ।

महोत्सवमा शनिबार साँझ लाइभ कन्सर्ट गरिएको थियो । साँझ ७ बजेदेखि सञ्चालन गरिएको कर्न्सटमा सिर्जना खत्री, हाउडे माया लगायतका कलाकारहरुले सांगितिक प्रस्तुती दिएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker