राज्यशक्तिको आडमा दिइने धम्कीबाट हामी डराउँदैनौ : पूर्वमन्त्री पुन

  • भञ्ज्याङ समाचारदाता (दमौली)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री वर्षमान पुनले राज्यशक्तिको आडमा दिइने धम्कीबाट नडारउने बताएका छन् । तनहुँको दमौलीमा दाहाल-नेपाल समुहले शनिबार आयोजना गरेको जनवर्गीय संगठनका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री पुनले उक्त कुरा बताएका हुन् ।

राज्यशक्ति दोहन गरेर प्रधानमन्त्री केपी ओलीले कार्यकर्ता पोस्ने काम गरिरहेको आरोप लगाउँदै पूर्वमन्त्री पुनले आफै निर्वाचन घोषणा गरेर कानून उल्लंघन गर्दै धमाधम नियुक्ति बाँड्दै आएका र आफ्ना विरोधीलाई धम्की दिएर तर्साउने काम बन्द गर्न चेतावनी दिएका छन् ।

पूर्वमन्त्री पनुले प्रधानमन्त्री केपी ओलीलाई संसद विघटनको कुनै अधिकार नभएको भन्दै ‘मकैको गोठालो बाँदरलाई’ बनाउँदा आजको स्थिति पैदा भएको र त्यसले हामीलाई लज्जित बनाएको समेत बताए । उनले बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धी खोसिन नहुने बताए । पूर्वमन्त्री पुनले लोकतन्त्र र संविधानको रक्षा गर्नु अहिलेको मुख्य चुनौती भएको समेत बताएका छन् ।

पाँच वर्षका लागि जनादेश प्राप्त पार्टी सडकमा आउला भनेर कसैले नसोचेको चर्चा गर्दै पूर्वमन्त्री पुनले राजनीति विचार र सिद्धान्तका आधारमा सञ्चालन गर्नुपर्ने बताए । पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली काम गर्न नसकेको भए पार्टीभित्रै छलफल गरी समस्याको समाधान गर्नुपर्नेमा त्यसो नगरी संसद विघटन गरेर गलत कदम चालेको आरोप लगाए ।

प्रधानमन्त्रीको यो कार्यबाट पार्टीले पाँच वर्षका लागि प्राप्त गरेको मतको अपमान भएको बताउँदै पूर्वमन्त्री पुनले फरक मतलाई समेत सम्मान गरेर अगाडि बढ्नुपर्ने आवश्यकातालाई जोड दिए । यस्तै, कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य रामकुमारी झाक्रीले पार्टीका कार्यकर्ता सदैव सत्यको पक्षमा उभिनुपर्ने बताएकी छन् । कोपी ओली गलि सकेका र अब ढल्न मात्र बाँकी रहेको चर्चा गर्दै उनले उल्टो बाटो हिडेर प्रधानमन्त्री ओलीले पूर्व राजा ज्ञानेन्द्र पथ पछ्याएको आरोप लगाएकी छन् ।

नेता झाँक्रीले भनिन्, ‘आज देशैभर विरोधका कार्यक्रम भएका छन्, जनता जाग्नेछन, दुनीयाका सबै तानाशाही जसरी गर्ल्यामगुर्लुम ढले, एउटा निमसरो व्यक्ति आफुलाई कागजी तानाशाहा प्रस्तुत गरी हाम्रा अधिकारहरु, संविधानलाई च्यातचुत गर्ने जुन हिसाबले प्रस्तुत हुनुभयो आज लज्जाबोध हुन्छ, उहाँ हाम्रो पार्टीको नेता हुनुहुन्थ्यो भन्नेर ।’

उक्त कार्यक्रममा केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, केन्द्रीय सदस्य एवं पूर्वमन्त्री आशा कोइराला, केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ लगायतले कम्युनिष्ट पार्टी अझैपनि एकढिक्का भएर अगाडि बढ्नुपर्ने र त्यसको विकल्प भनेको संसद पुनःस्थापना भएको बताए । उनिहरुले संसद पुनःस्थापनाको विरोध सबै दलबीच संयुक्त आन्दोलनको खाँचो रहेको समेत औल्याएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker