सम्झनाको परिवारको जिविकोपार्जनका लागि बाख्राको माउपाठी सहयोग

डुम्रे : तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालाकी एक महिलालाई जिविकोपार्जनका लागि बाख्राको माउपाठी सहयोग गरिएको छ । राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन कोशिसले सिंह बहादुर दमैको श्रीमती वर्ष ४३ की सम्झना परियारलाई उक्त सहयोग प्रदान गरेको हो ।
मानसिक स्वास्थ्य समस्याको उपचार गरेपश्चात कोशिसले पारिवारिक पूनःमिलन गराईसकेपछि पारिवारिक आर्थिक अवस्थामा र मानसिक स्वास्थ्यमा थप सुधार होस भन्ने उद्देश्यले जिविकोपार्जन सहयोगका स्वरुप १८ हजार रुपैयाँ मूल्य बराबरको ४ ओटा वाख्राको माउँपाठी उपलब्ध गराएको हो ।
बन्दीपुर गाउँपालिका–१ का वडा अध्यक्ष शिवकुमार श्रेष्ठले विहीबार एक कार्यक्रमका बीच बाख्राका माउपाठी सम्झनालाई हस्तान्तरण गरेका थिए । बाख्रा हस्तान्तरण गर्दै अध्यक्ष श्रेष्ठले कोशिस नेपालले मानसिक समस्या भएका बिरामीहरूलाई उपचार गर्दै पुनःस्थापना गर्नको लागि सहयोग उपलब्ध गराउँदा आर्थिक उपार्जनका लागि सहज वातावरण बन्ने बताए ।
वडा नं १ को कार्यालयले २०७९ माघ १० गते बडाको चलानी नम्बर ९०५ को सिफारिसमा उद्धार गरी उपचार गर्नका लागि कोशिस नेपाललाई पत्रचार तथा सिफारिस गरेको थियो । २०६५ सालमा स्थापित कोशिसले बिगत १६ वर्षदेखि नेपालमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्यको प्रबद्र्धनमा काम गर्दै आएको छ ।
हालसम्म देशका विभिन्न ठाउँका गरी एक हजार भन्दा बढी महिलाहरुलाई उद्दार तथा उपचार गरी समुदायमा पुनल्स्थापना गरी १० हजार भन्दा बढी व्यक्तिहरुलाई मनोशिक्षा प्रदान गरी मनोसामाजिक सहयोग समेत पु¥याउँदै आएको कोशिसकी फोकल पर्सन शर्मिला न्यौपानेले जानकारी गराइन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker