एमाले बन्दिपुर-३ को अध्यक्षमा खेमराज

भञ्ज्याङ न्यूज

नेपाल कम्यूनिष्ट (एमाले) बन्दिपुर गाउँ कमिटी अर्न्तर्गत वडा नम्बर ३ को अध्यक्षमा खेमराज भट्टराइ चयन भएका छन् । वडा कमिटीको विहीबार सुखौरामा सम्पन्न वडा अधिवेशनले भट्टराइको अध्यक्षतामा २७ सदस्सीय वडा कमिटी सर्वसम्मत चयन गरिएको छ । कमिटीको उपाध्यक्षमा रेशम थापा, सचिव पंकज भट्टराइ, उपसचिव विष्णुमाया भट्टराइ रहेका छन् । वडा कमिटीको इन्चार्जमा पशुपती भट्टराइ चयन भएका छन् ।

त्यस्तै भेलाले कृष्णमाया थापा अध्यक्ष, सुनिता भट्टराइ उपाध्यक्ष, अनिता भट्टराइ सचिव र सानुमाया गुरुङ, उपसचिव रहेको १७ सदस्यीय अखिल नेपाल महिला संघ वडा नम्बर ३ कमिटी र खुशीमान थापा अध्यक्ष, विश्वराज गुरुङ उपाध्यक्ष, शिवानी बिक सचिव र बिपिन भट्टराइ उपसचिव रहेको राष्ट्रिय युवा संघ नेपाल वडा कमिटी गठन गरिएको छ ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी उपसचिव बिष्णुभक्त सिग्देल, एमाले बन्दिपुर गाउँ कमिटीका अध्यक्ष सुरेन्द्र थापा, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य रवि श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker