राजमार्गमा पुल निर्माण

पृथ्वीराजमार्गको मुग्लिन-पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँको बन्दीपुर-१ स्थित पिप्लेमा पक्की पुल निर्माण गरिदै । दुइ खण्डमा विभाजन गरी सडक विस्तार कार्य भइरहेकोमा पूर्वी खण्ड (आँवुखैरेनी-जामुने) ४१.७ किलोमिटर सडकको २०८१ वैशाख २ गते सम्झौता म्याद सकिएपनि हालसम्म करिब ५६ प्रतिशत भौतिक प्रगति भएको छ । कोभिडका समयमा निर्माणकार्य रोकिएको भन्दै यस खण्डको म्याद थपको प्रक्रिया अघि बढाइएको छ । निर्माण कम्पनी चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले यस खण्डमा हालसम्म १८ किमी चार लेन र ९ किमि दुइ लेन सडक कालोपत्र गरेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ










