रास्वपा तनहुँको सभापतिमा बास्तोला

दमौली : राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँको सभापतिमा विश्व बास्तोला चयन भएका छन् । पार्टीको शनिबार दमौलीमा सम्पन्न जिल्ला भेलाले बास्तोलालाई सभापतिमा सर्वसम्मत चयन गरेको हो । सभापतिमा निर्वाचित बास्तोला यसअघि सो पार्टीको जिल्ला संयोजक थिए ।
भेलाबाट पार्टीको उपसभापतिमा विजयराज जोशी, सचिवमा पदमराज न्यौपाने, सहसचिवमा अनिल श्रेष्ठ, कोषाध्यक्षमा पवित्रा पोख्रेल, सदस्यहरुमा बासु कडरिया, मुक्तिनाथ पण्डित चयन भएका छन् । त्यस्तै सदस्यमा पदेन सदस्यका रुपमा क्षेत्र नम्बर २ का सभापति डा. शेषरमण न्यौपाने र क्षेत्र नम्बर १ का सभापति विष्णु पन्त चयन भएका छन् ।
यसअघिका क्षेत्रीय सभापति पदमराज न्यौपाने सचिव भएपछि रिक्त उक्त पदमा विष्णु पन्तलाई चयन गरिएको सो पार्टीले जनाएको छ । पार्टीका जिल्ला सहसंयोजक सूर्यमणि पौडेल गण्डकी प्रदेश समितिको सदस्यमा चयन भएका छन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker