नेकपा (एमाले) तनहुँद्वारा १० वटै पालिकामा इन्चार्ज, सहइन्चार्ज तथा विभागको जिम्मेवारी बाँडफाँट

भञ्ज्याङ न्यूज

नेकपा (एमाले) तनहुँले जिल्लाका १० वटै पालिकामा इन्चार्ज, सहइन्चार्ज र विभिन्न विभागमा जिम्मेवारी बाँडफाँट गरेको छ । जिल्ला कमिटीको हालै बसेको पूर्ण बैठकले दशवटै पालिकामा इन्चार्ज, सहइन्चार्ज र विभिन्न विभागमा जिम्मेवारी बाँडफाँट गरेको हो ।

बैठकले व्यास नगरपालिकाको इन्चार्जमा हरिराज कंडेल र सहइन्चार्जमा रामजी लौडारी, शुक्लागण्डकी नगरपालिकाको इन्चार्जमा राजेश्वर ढकाल र सहइन्चार्जमा फूलमाया वाग्ले, भानु नगरपालिकाको इन्चार्जमा प्रदीपराज अधिकारी र सहइन्चार्जमा सीताराम सुर्खाली, भिमाद नगरपालिकाको इन्चार्जमा खिम कुमाल र सहइन्चार्जमा धनन्जय गैह्रे चयन गरेको छ ।

म्याग्दे गाउँपालिकाको इन्चार्जमा देवलाल खनाल र सहइन्चार्जमा रत्नादेवी घिमिरे, आँबुखैरेनी गाउँपालिकाको इन्चार्जमा दुर्गबहादुर थापा र सहइन्चार्जमा सन्तबहादुर केसी, घिरिङ गाउँपालिकाको इन्चार्जमा मेखबहादुर थापा र सहइन्चार्जमा रनबहादुर राना, बन्दिपुर गाउँपालिकाको इन्चार्जमा शंकर रानाभाट र सहइन्चार्जमा गोविन्द अधिकारी, ऋषिङ गाउँपालिकाको इन्चार्जमा इन्द्रबहादुर थापा र सहइन्चार्जमा प्रेम रानाभाट, देवघाट गाउँपालिकाको इन्चार्जमा इन्द्रमान परियार र सहइन्चार्जमा बाबुराम अधिकारी चयन भएका छन् ।

यस्तै, संगठन विभाग प्रमुखमा श्रीप्रसाद श्रेष्ठ, अर्थ तथा योजनामा हरिराज कंडेल, पार्टी स्कूल विभागमा राजेश्वर ढकाल, प्रचार प्रकाशनमा प्रदीपराज अधिकारी, वाणिज्य तथा आपूर्तिमा बाबुराम सुनार, उपभोक्ता हित संरक्षणमा शारदा खनाल, कानूनमा सीताराम सुर्खाली, भूमि व्यवस्था विभागमा भगवती देउजा, युवा तथा खेलकुदमा बाबुराम अधिकारी, वन तथा वातावरणमा रत्नादेवी घिमिरे, विपद् व्यवस्थापन स्वयंसेवकमा भूपेन्द्र कोइराला, शिक्षा तथा मानवस्रोतमा भीमबहादुर विक, श्रम तथा रोजगारमा शंकर रानाभाटलाई चयन गरिएको छ ।

संसदीय विभाग प्रमुखमा दुर्गबहादुर थापा, सामाजिक सेवामा कलाकुमारी ढकाल, सहकारी तथा गरिवी निवारणमा इन्द्र थापा, साहित्य कला तथा सांस्कृतिकमा दयाराम पौडेल, स्थानीय विकास विभागमा मेखबहादुर थापा, स्वास्थ्य तथा जनसंख्यामा धनन्जय गैह्रे, सामाजिक सुरक्षामा प्रेम रानाभाट, निर्वाचनमा निर्मल पण्डित, पुस्तकालय तथा अभिलेखमा देवलाल खनाल, खानेपानीमा प्रभा श्रेष्ठ, कृषि तथा पशुपंक्षीमा फूलमाया वाग्ले, उर्जा स्रोत तथा सिंचाइमा इन्द्रमान परियार र भौतिक पूर्वाधार तथा यातायातमा रामजी लौडारी चयन भएका छन् ।

बैठकले विभिन्न फाँटमा पनि इन्चार्ज र सहइन्चार्ज चयन गरेको छ । अनेरास्ववियुको इन्चार्जमा रिता ढकाल र सहइन्चार्जमा आरके पोख्रेल, राष्ट्रिय युवा संघ नेपालको इन्चार्जमा देवान गुरुङ र सहइन्चार्जमा उज्वल खनाल, अनेमसंघको इन्चार्जमा रत्नादेवी घिमिरे र सहइन्चार्जमा कलाकुमारी ढकाल, अखिल नेपाल किसान महासंघको इन्चार्जमा प्रेमप्रसाद पौडेल र सहइन्चार्जमा काशीनाथ भट्टराइ, राष्ट्रिय जनसांस्कृतिक महासंघको इन्चार्जमा आनन्दकुमार श्रेष्ठ र सहइन्चार्जमा विष्णु पराजुली चयन भएका छन् ।

यस्तै, जिफन्टको इन्चार्जमा सोमबहादुर आले र सहइन्चार्जमा कृष्णदेव श्रेष्ठ, पेशागत महासंघ इन्चार्जमा हरिबहादुर थापा र सहइन्चार्जमा वेदकुमारी वाग्ले, नेपाल बुद्धिजीवि परिषद् इन्चार्जमा खिम महत र सहइन्चार्जमा पिजेन्टलाल श्रेष्ठ, प्रेस चौतारी इन्चार्जमा प्रकाशचन्द्र भट्टराइ र सहइन्चार्जमा हरि रिमाल, मानव अधिकार एलायन्स इन्चार्जमा ऋषिराम राना र सहइन्चार्जमा विन्दु बस्नेत चयन भएका छन् ।

पिपिएल प्रगतिशल इन्चार्जमा पदम कार्की र सहइन्चार्जमा कृष्णबहादुर पौडेल, रिटर्नी फेडेरेशन नेपाल इन्चार्जमा हरिबहादुर पाण्डे र सहइन्चार्जमा सूर्यकुमार श्रेष्ठ, नेपाल राष्ट्रिय भूपू सैनिक इन्चार्जमा अर्जुन नागिला र सहइन्चार्जमा ऋषिराम भूषाल, नेपाल खेलकुद महासंघ इन्चार्जमा अनिल पाण्डे र सहइन्चार्जमा नरजङ्ग थापालाई चयन गरिएको छ ।

यस्तै, नेपाल उद्योग तथा व्यवसायी इन्चार्जमा इश्वर विष्ट र सहइन्चार्जमा दलराज थापा, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ इन्चार्जमा दुर्गाबहादुर थापा र सहइन्चार्जमा बसुन्धरा घर्ती, नेपाल भूमिहिन सुकुम्बासी संगठन इन्चार्जमा श्यामकुमार श्रेष्ठ र सहइन्चार्जमा कृष्णप्रसाद न्यौपाने, नेपाल मुस्लिम इत्तेहाद संगठन इन्चार्जमा नुर महम्मद र सहइन्चार्जमा सुलेमान मिया चयन भएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker