सभामुखको धारणा सार्वजनिक नभईन्जेल संसद अवरोध भईरहन्छ : सांसद न्यौपाने

राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले सभामुखको धारणा सार्वजनिक नभएसम्म संसद अवरुद्ध भइरहने बताएकी छन् । नेकपा (एमाले)का केन्द्रीय सदस्य समेत रहेकी न्यौपानेले नेकपा (एमाले)ले निष्काशित गरेका सांसदलाई सभामुखले सांसदबाट निष्काशित गरेको सुचना टाँस गर्नुपर्नेमा पदीय दायित्व भुलेर दल नै विभाजन गर्ने अध्यादेशलाई सदर गरेको बताइन् ।

सरकारले दल विभाजन सम्वन्धी अनुकुलको अध्यादेश ल्याएर सभामुख त्यसको मतियारा बन्दा देशमा अहिलेको यो अराजकताको अवस्था सिर्जना भएको उनले आरोप लगाइन् ।

विहीबार पत्रकारहरुसंग कुरा गर्दै सांसद न्यौपानले दलीय व्यवस्थामा नेकपा एमालेले दलीय हृवीप उल्लंघन गर्ने सांसदलाई संसदमा कारवाहीको औपचारिक पत्र पठाइसकेको समयमा समेत सभामुखले दल विभाजन नहुन्जेलसम्म अड्काएर राजनीति गरेको बताइन् ।

‘देशमा अहिलेको समस्याका कारक सभामुख हुन्’, उनले भनिन्, ‘सभामुखले संसदमा चित्तबुझ्दो जवाफ दिनुपर्दछ, जबसम्म दिनुहुन्न, नेकपा एमालेले संसद अवरोध गरिरहन्छ ।’

फरक प्रसंगमा अहिले शेरबहादुर देउवाको सरकार परमादेशबाट बनेको हुँदा यसको वैधानिकता समेत नभँएको उनले बताइन् । ‘सर्वोच्च अदालतमा भएको भौतिक आक्रमण र अराजकता त्यसैको प्रतिफल हो’, सांसद न्यौपानले भनिन्, ‘नेकपा एमाले यस मुद्दामा क्लियर छ, किनकी यसको समर्थन तथा विरोधको जड भनेकै अहिलेको सरकार हो ।’

निश्चित व्यक्तिको वर्हिगमनले सर्वोच्चमा भएको बेथिती नरोकिने बताउँदै उनले प्रक्रियामा नै सुधार गर्नुपर्नेमा जोड् दिइन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker