तनहुँका माध्यमिक तहका प्रधानाध्यापकहरु बीच शैक्षिक गुणस्तर अभिवृद्धिका विषयमा अन्तरक्रिया

भानु : माध्यमिक तहका प्रधानाध्यापकहरु बीच शैक्षिक अन्तरक्रिया कार्यक्रम गरिएको छ। शिक्षा विकास तथा समन्वय इकाई तनहुँले जिल्लाका सामुदायिक र संस्थागत माध्यमिक विद्यालयका प्रधानाध्यापकहरु बीच शैक्षिक गुणस्तर अभिवृद्धिका लागि उक्त अन्तरक्रिया कार्यक्रम गरेको हो ।
अन्तरक्रिया कार्यक्रमको शुभारम्भ गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालयहरु बीच पनि समन्वय र सहकार्य गरी अगाडि बढ्न सुझाएका थिए। उनले अब्बल मानिएका विद्यालयहरुले अन्य विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि गर्न तथा बदलिदा परिवेश अनुसार व्यवसायिक र सीपमुलक शिक्षा प्रदान गर्न लाग्न जोड् दिए ।
शिक्षा विकास तथा समन्वय इकाई तनहुँका प्रमुख उद्धवराज कट्टेलको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा तनहुँ जिल्लाका विभिन्न स्थानका सामुदायिक र संस्थागत माध्यमिक विद्यालयका ८० जना प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको प्रारम्भमा इकाई प्रमुख कट्टेलले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालयले सञ्चालन गर्नुपर्ने कार्यक्रमहरूको बारेमा छलफल प्रस्तुत गरेका थिए। उनले केन्द्रका नीति नियम, आईइयमआइयस, कासमू फाराम, रिएर प्लान र एसईई परीक्षा परीक्षा २०८० का नतिजाका तथ्याङ्क सम्बन्धी विषयमा सहजिकरण गरेका थिए ।
कार्यक्रममा सहभागि प्रधानाध्यापकहरूलाई १० वटा समुहमा विभाजन गरी आ–आफ्नो विद्यालयमा भएका असल अभ्यासहरूका विषयमा छलफल गर्नुका सार्थ समूहगत रूपमा ती अभ्यासहरूको प्रस्तुतीकरण गरिएको थियो । यस प्रकारको कार्यक्रमले एक अर्काबाट सिक्न र शैक्षिक क्षेत्रको सुधारका उपायहरूमा थप विचार गर्न उत्प्रेरित गरेको सहभागि प्रधानाध्यपाकहरुले प्रतिक्रिया दिएका थिए ।
उक्त कार्यक्रममा भानु नगरपालिकाका शिक्षा अधिकारी ध्रुवराज पौडेलले शैक्षिक उन्नयनका लागि भानु नगरपालिकाले गरेका सकारात्मक अभ्यासहरूका विषयमा सहजिकरण गरेका थिए । शिविसईका शाखा अधिकृत विश्वप्रकाश रेग्मीले एसईई परीक्षामा विद्यार्थीहरूले रजिष्ट्रेशन र परीक्षा आवेदन फाराम भर्दा हुनसक्ने त्रुटीहरू र तिनीहरूबाट बच्नका लागि अपनाउनु पर्ने सावधानिहरूका विषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा नेपाल शिक्षक महासंघ तनहुँका अध्यक्ष रामचन्द्र पोखरेल, नेपाल राष्ट्रिय शिक्षक संगठन तनहुँका अध्यक्ष रघुनाथ पण्डित र एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष तिलक बहादुर चौहान लगायतले आ–आफ्ना विचार व्यक्त गरेका थिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker