तनहुँमा चालु आवको दश महिनाको अवधिमा विकास बजेटको खर्च अवस्था कमजोर

तनहुँमा चालु आर्थिक वर्षको दश महिनाको अवधिमा विकास बजेटको खर्च अवस्था कमजोर देखिएको छ । सङ्घीय तथा प्रदेश सरकारमार्फत् जिल्लाका लागि विनियोजित विकास बजेटको खर्च अवस्था निराशा जनक देखिएको हो ।
चालु आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय सरकारबाट विनियोजित बजेटमध्ये वैशाखसम्म ४३ प्रतिशतमात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जनाएको छ । उक्त आर्थिक वर्षका लागि जिल्लामा रु तीन अर्ब ७९ करोड एक लाख ४० हजार आठ सय २९ विनियोजन भएकामा रु एक अर्ब ६० करोड ३१ लाख ७२ हजार ७८ खर्च भएको प्रमुख कोष नियन्त्रक विनोद भट्टराईले जानकारी दिनुभयो ।
योजना छनोट गरेर लागू गरेपछि बोलपत्र प्रक्रिया हुने, बोलपत्र प्रक्रिया पूरा भएर काम सुरु गर्दा सुरुका केही महिनामा काम ढिला हुने गरेकाले सुरुका महिनामा कम खर्च देखिने उहाँको भनाइ छ । अन्य महिनामा भन्दा आर्थिक वर्षको अन्तिम असार महिनामा धेरै बजेट खर्च हुने गरेको छ । चालुतर्फ भने सोही अवधिमा ८० प्रतिशत रकम खर्च भएको छ । चालुतर्फ रु नौ अर्ब चार करोड ६९ लाख ८० हजार नौ सय विनियोजन भएकामा रु सात अर्ब ३१ करोड नौ लाख नौ हजार नौ सय ७५ खर्च भएको कार्यालयले जनाएको छ ।
गण्डकी प्रदेश सरकारमार्फत् जिल्लाका लागि रु दुई अर्ब ५१ करोड २८ लाख ६० हजार विनियोजन भएकामा यस अवधिमा रु एक अर्ब १५ करोड ६१ लाख ४० हजार खर्च भएको छ । विकास बजेटतर्फ यस अवधिमा ४६ प्रतिशत रकम खर्च भएको कार्यालयले जनाएको छ । चालतुर्फ भने रु ८६ करोड ५८ लाख २९ हजार पाँच सय ८० विनियोजन भएकामा रु ४२ करोड ६७ लाख आठ हजार १३ खर्च भएको छ ।
तनहुँमा करिब एक चौथाइ विकास बजेट अन्तिम असार महिनामा मात्रै खर्च हुने गरेको विगतको तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्ष २०७९/८० को असार महिनामा मात्रै सङ्घ र प्रदेश सरकारबाट पुँजीगततर्फ विनियोजित बजेटमध्ये २२ दशमलब ३९ प्रतिशत बजेट खर्च भएको थियो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker