तनहुँको व्यासमा एक महिलामा कोरोना संक्रमण पुष्टि

भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँमा एक जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय पोखराले र्सार्वजनिक गरेको विवरणमा व्यास नगरपालिका-२ की ४५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउन गएकी ती महिलाले सोही प्रतिष्ठानको प्रयोगशालामा गरिएको परिक्षणमा भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी गराएका छन् ।
यस्तै, स्वास्थ्य निर्देशनालयका अनुसार योसंगै प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या ४ हजार ४४६ पुगेको छ । ४ जिल्लाका ३७ जना संक्रमित थपिंदा वाग्लुङमा १२, पोखरामा ५ र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा १९ संक्रमित भेटिएका छन् ।










