सामुदायिक विद्यालयका लागि आँवुखैरेनीले खरिद गर्‍यो दुइ वटा बस

भञ्ज्याङन्यूज

तनहुँको आँवुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा पठनपाठन गर्ने विद्यार्थीहरुलाई लक्षित गरी दुइ वटा बस खरिद गरेको छ ।

पालिकाको आन्तिरिक स्रोतबाट ४१ सिट क्षमताका २ वटा बस खरिद गरी शुक्रबार बिहान गाउँपालिकामा ल्याइएको छ ।

गाउँपालिकाले ती बस वडा नम्बर १ को चन्द्रोयद माध्यमिक विद्यालय समस्तीपुर र वडा नम्बर २ को अकला निम्न माध्यमिक विद्यालयलाई शुक्रबार नै हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।

‘तत्कालको लागि दुइ वटा सामुदायिक विद्यालयलाई बस उपलब्ध गराएपनि चाँडै नै अन्य विद्यालयलाई पनि बस उपलब्ध गराउने योजनामा छौ’, उनले भने, ‘अहिले खरिद गरिएको बसमा पायक पर्ने अन्य कुनै पनि सामुदायिक विद्यालयका विद्यार्थीहरु चढेर विद्यालय आउँजाउँ गर्न पाउने व्यवस्था मिलाएका छौं ।’

रामशाह मावि आवुँखैरेनी, मित्रता मावि सत्रसय र वडा नम्बर ६ को कन्यादेवी माविलाई पनि बस उपलब्ध गराउने तयारी गाउँपालिकाले गरेको छ । सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढाउन र शैक्षिक गुणस्तर सुधारकालागि स्कुल बस उपलब्ध गराउने नीति गाउँपालिकाले लिइएको अध्यक्ष चुमानले बताए ।

गाउँपालिकाको चालु आर्थिक वर्षो नीति तथा कार्यक्रममै सामुदायिक विद्यालयलाई बस उपलब्ध गराउने उल्लेख गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताए ।

उक्त कार्यक्रमका लागि गाउँपालिका अर्न्तर्गतका सहकारी संघ संस्था, विभिन्न संघ संस्था तथा टोल सुधार समितिले पनि आर्थिक सहयोग उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ ।

यस्तै, गाउँपालिकाले वडा नं. ६ को लागि नीजि सवारी साधन भाडमा लिएर विद्यार्थीलाई सेवा प्रदान गर्दै आइरहेको छ । गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई सहज र व्यवस्थित बनाउने नीति अवलम्बन गरी कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

गाउँपालिकाले जनप्रतिनिधिका बालबालिकालाई सामुदायिक विद्यालयमै पठनपाठन गर्नुपर्ने कार्यक्रम ल्याएपछि अहिले जनप्रतिनिधिहरुले आफ्ना बालबलिकाहरुलाई सामुदायिक विद्यालयमै पठनपाठन गराउन थालेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker