तनहुँको प्रसिद्ध धार्मिकस्थल छाब्दीवाराहीलाई धार्मिक वनको स्वामित्व हस्तान्तरण

प्रसिद्ध धार्मिकस्थल तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही धार्मिक वनका रूपमा हस्तान्तरण गरिएको छ । डिभिजन वन कार्यालय तनहुँले छाब्दीवाराहीलाई धार्मिक वनका रूपमा समुदायलाई हस्तान्तरण गरेको हो । डिभिजन वन प्रमुख कोमलराज काफ्लेले छाब्दीवाराही धार्मिक वनका अध्यक्ष एवं छाब्दीवाराही विकास कोषका अध्यक्ष थानबहादुर थापालाई उक्त धार्मिक वनको स्वामित्व हस्तान्तरण गर्नुभएको छ ।

धार्मिक वनले पाँच हेक्टर क्षेत्रफल ओगटेको सव डिभिजन वन कार्यालय व्यासका प्रमुख नारायण कोइरालाले जानकारी दिनुभयो । सोही वन क्षेत्रभित्र छाब्दीवाराही मन्दिर पनि समेटिएको उहाँले बताउनुभयो । “धार्मिक वन बनाउन २०÷२१ वर्षदेखि पहल भएको थियो, अहिले आएर त्यो कामले साथर्कता पायो”, कोइरालाले भन्नुभयो ।

कुनै धार्मिक स्थल वा त्यसको वरिपरिको राष्ट्रिय वनको विकास, संरक्षण र उपयोग गर्न चाहने कुनै धार्मिक निकाय, समूह वा समुदायले त्यस्तो वनको क्षेत्रफल, चार किल्ला, त्यस्तो वनमा गरिने कार्यहरु तथा तोकिएबमोजिमका अन्य विवरणहरु खुलाई डिभिजनल वन अधिकृतसमक्ष निवेदन दिनुपर्ने प्रावधान छ ।

धार्मिक वनमा रहेका वन पैदावार सम्बन्धित धार्मिक निकाय, समूह वा समुदायले व्यापारिक प्रयोजन बाहेकका अन्य धार्मिक कार्यमा उपयोग गर्न सक्नेछ तर वातावरणमा उल्लेखनीय प्रतिकूल असर पर्ने गरी वा सार्वजनिकरूपमा हानि नोक्सानी हुने गरी वा जलाधार क्षेत्रमा भू–क्षय हुन सक्ने गरी रुख कटान गर्न नपाइने वन ऐनमा उल्लेख गरिएको छ ।

धार्मिक वनमा सम्बन्धित धार्मिक निकाय, समूह वा समुदायले नियम विपरीतको कार्य गरेमा वा धार्मिक वनमा गर्नुपर्ने कार्य सञ्चालन गर्न नसकेमा वा ऐन र ऐनअन्तर्गत बनेको नियमबमोजिम पालन गर्नुपर्ने कुराहरु पालन नगरेमा डिभिजनल वन अधिकृतले त्यस्तो धार्मिक वन फिर्ता लिने निर्णय गर्न सक्नेछन् ।

छाब्दीवाराही मन्दिरलाई धार्मिक पर्यटनको केन्द्रविन्दु बनाउने उद्देश्यसहित विकास कोषले गुरुयोजना तयार गरिसकेको छ । छाब्दीवाराही मन्दिरको संरक्षण, वातावरणमैत्री भौतिक पूर्वाधार विकास, धार्मिक तथा ग्रामीण कृषि पर्यटन विकास एवं प्रवद्र्धन गर्ने उद्देश्यसहित मन्दिरको गुरुयोजना निर्माण गरिएको कोषका अध्यक्ष थापाले बताउनुभयो ।

थापाका अनुसार गुरुयोजनामा धार्मिक तथा सांस्कृतिक सम्पदा, भौतिक अवस्था र जैविक विविधताको संरक्षण सम्बन्धी सचेतना अभिवृद्धि, मन्दिर परिसरको सौन्दर्य अभिवृद्धि र फोहोरमैला व्यवस्थापन सम्बन्धमा आवश्यक प्रवद्र्धनात्मक कार्यक्रम गर्ने प्रस्ताव गरिएको छ । मन्दिर क्षेत्रमा एकीकृत धार्मिक तथा ग्रामीण कृषि पर्यटन, वातावरणमैत्री भौतिक पूर्वाधार निर्माण, मन्दिर क्षेत्रको भौतिक अवस्था, प्राकृतिक वातावरण एवं माछालगायतका जैविक विविधताको संरक्षण र व्यवस्थापन गर्नेलगायतका कार्यक्रम गुरुयोजनामा प्रस्ताव गरिएको छ ।

गुरुयोजनामा छाब्दीवाराही मन्दिर क्षेत्र संरक्षण, विकास तथा व्यवस्थापन गुरुयोजनाको कार्यान्वयनका लागि सात उद्देश्य, २३ रणनीति र ९४ कार्यक्रम प्रस्ताव गरिएको छ । गुरुयोजनाअनुसार अल्पकालीन तथा दीर्घकालीन कार्यक्रमका लागि रु एक करोड ९६ लाख ४० हजार बजेट आवश्यक पर्दछ । छाब्दीवाराही मन्दिर आउने भक्तजनलाई आकर्षित गर्न मन्दिर परिसरमा १० फिटको मत्स्यदेवीको मूर्ति प्रतिस्थापन गरिसकिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker