तनहुँसहित ५८ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त, कुन जिल्लामा को ?

काठमाडौं । सरकारले जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ । गठबन्धनमा रहेका कांग्रेस र एमालेले भागबन्डा गरेर आयोगमा जिल्ला अध्यक्ष र सदस्य नियुक्त गरेका हुन् । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा आजै नवनियुक्त अध्यक्षहरूको शपथ ग्रहण समारोह राखिएको छ ।

गठबन्धनमा आन्तरिक सहमति बाँकी भएकाले केही जिल्लाका अध्यक्ष खाली राखिएको छ । नियुक्त गर्न बाँकी जिल्लाहरूमा तेह्रथुम, धनकुटा, खोटाङ, सुनसरी, सप्तरी, रौतहट, दोलखा, काभ्रेपलाञ्चोक, धादिङ, चितवन, मकवानपुर, गोरखा, पर्वत, स्याङ्जा, म्याग्दी, बागलुङ, बझाङ, कालीकोट र कञ्चनपुर रहेका छन् । जुम्लामा भने नियुक्ति भइसकेको नाम आउनमात्र बाँकी छ ।

७७ जिल्लामध्ये सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसले ३७-३७ जिल्ला र ३ जिल्लामा मधेश केन्द्रित दललाई भाग लगाइएको थियो ।

सहमतिमा जिल्लाको नेतृत्व मिलाउने भनिएपनि एमाले र कांग्रेसले पाएकै केही जिल्लामा आन्तरिक विवादका कारण टुंगो लाग्न सकेको छैन । एमालेले पाएका मध्ये ३ र कांग्रेसले पाएका जिल्लामध्ये ३ जिल्लामा यस्तो विवाद रहेको छ । नेपालप्रेसबाट

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker