तनहुँ प्रहरीद्वारा नदीजन्य पदार्थ उत्खनन् तथा ओसार पसार गर्ने सवारी साधन नियन्त्रणमा

भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँ प्रहरीले अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् तथा ओसार पसार गर्ने ८ वटा सवारी साधान नियन्त्रणमा लिएको छ । प्रहरीले व्यास नगरपालिका-७ स्थित मादीनदीको किनारबाट अबैध रुपमा बालुवा उत्खनन् एवं लोड गरी लिई हिडेको अवस्थामा ग१त २८३१, ना२त ७३५७, ग१त ३७३५ र ग१त ४०५५ नं. को ट्याक्टरहरुलाई प्रहरी चौकी कलेस्ती तनहुँबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका सवारी साधानलाई व्यास नगरपालिकाको कार्यालयमा पठाएकोमा उक्त कार्यालयबाट प्रति ट्याक्टर ८ हजार रुपैयाँका दरले ३२ हजार रुपैयाँ जरिवाना तिराएको बताएइएको छ । राती र बिहानीपख व्यास-१ मनकामनाचोकमा बन्दिपुर गाउँपालिका-६ सारङ्घाटमा बन्द रहेको नमुना ग्रिड क्रसरबाट अबैध रुपमा गिट्टी बालुवा लोड गरी दमौली तर्फ ल्याउदै गरेको अवस्थामा ग२ख ८२०९ र ग१क ४२६१ नम्बरको टिप्परलाई प्रहरी टोलीले फेला पारी बन्दिपुर गाउँपालिकाको कार्यालयमा पठाएको थियो । गाउँपालिकाले प्रति टिप्प २० हजार रुपैयाँका दरले ४० हजार रुपैयाँ जरिवाना गरी छाडेको बताइएको छ ।

यस्तै, घिरिङ गाउँपालिका-१ पुट्टार स्थित कालीगण्डकी नदीबाट अबैध रुपमा उत्खनन् गरी बालुवा लोड गरी लिई हिडेको अवस्थामा लु४त ७२०६ र लु३त ३०२६ नम्बरको ट्याक्टरहरुलाई प्रहरी चौकी पुट्टारबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका ट्याक्टरलाई घिरिङ गाउँपालिकाको कार्यालयमा पठाएकोमा उक्त कार्यालयबाट प्रति ट्याक्टर १ हजार रुपैयाँको दरले जरिवाना गरी छाडेको प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker