धादिङमा बस दुर्घटन हुँदा १८ जनाको मृत्यु, ४ महिला र १ विदेशीको पनि मृत्यु

पोखराबाट काठमाडौं जादै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

धादिङका एसपी सुमित खड्काले बस दुर्घटनामा १८ जनाको मृत्यु भएको पुष्टि गरे । उनले दुर्घटनामा ४ महिला र १ विदेशीको पनि मृत्यु भएको बताए ।

बसमा ४६ यात्रु रहेको र उद्धार कार्य जारी रहेको बताइएको छ । सेना, सशस्त्र प्रहरी र प्रहरीको टोलीले उद्धार जारी राख्दा मृतक तथा घाइतेको परिचय खुल्न बाँकी छ ।

बस सडकबाट ३ सय मिटर तल खसेको पाइएको छ । आज बिहान करिब १ः३० बजे ग१ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker