तनहुँमा ट्राफिक सप्ताह सुरु

तनहुँ : जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले आइतबारदेखि ट्राफिक सप्ताह सुरु गरेको छ। सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना जगाउने उद्देश्य सहित ट्राफिक सप्ताह सुरु भएको हो। सो अवसरमा दमौलीमा सचेतनामूलक ¥याली निकालिएको छ । सप्ताहका अवसरमा विभिन्न कार्यक्रम गरिने ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख कृष्ण चन्दले जानकारी दिए ।
ट्राफिक सप्ताहको शुभारम्भ गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले दुर्घटना न्यूनीकरणका लागि सबैको सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गरे। कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी लगायतले मन्तव्य राखेका थिए ।