प्राध्यापक र कर्मचारीको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि आदिकवि भानुभक्तसहिति दुई क्याम्पस छनोट

दमौली : विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षाको इतिहासमा पहिलो पटक सामुदायिक क्याम्पसका प्राध्यापक र कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्न तालिमको व्यवस्था मिलाएको छ। तालिम कार्यक्रम सञ्चालनका लागि आयोगले गण्डकी प्रदेशका २ उत्कृष्ट सामुदायिक क्याम्पसलाई छनोट गरेको छ ।
तनहुँको व्यास–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पस र पोखराको जनप्रिय बहुमुखी क्याम्पसलाई प्राध्यापक क्षमता विकास तालिम कार्यक्रम सञ्चालनका लागि छनोट गरेको आदिकवि भानुभक्त क्याम्पस दमौलीका प्रमुख महाप्रसाद हड्खलेले जानकारी गराए ।
सन २०२५ देखि विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षाको इतिहासमा पहिलो पटक सामुदायिक क्याम्पसका प्राध्यापक र कर्मचारीहरूको  क्षमता अभिवृद्धि गर्नका लागि तालिमको व्यवस्था मिलाउन लागेको हो । भएको छ। प्राध्यापकको क्षमता विकास तालिम सञ्चालन गर्नका लागि सामुदायिक क्याम्पसहरूलाई नै जिम्मा दिने भएको छ । आयोगले यो वर्ष उक्त तालिम सञ्चालनका लागि ७ प्रदेशका ७ उत्कृष्ट सामुदायिक क्याम्पस छनोट कार्य सम्पन्न गरेको छ ।
आयोगले छनोट भएका क्याम्पसहरुमा तालिम इकाइ र तालिम केन्द्रको स्थापना गर्ने भएको छ । आयोगले तालिम सञ्चालनका लागि ती दुई क्याम्पसको तालिम इकाइ र तालिम केन्द्र जस्ता पूर्वाधारहरू स्थापनाका लागि आर्थिक अनुदान व्यवस्था मिलाउने भएको छ ।
आयोगले पहिलो चरणमा प्राध्यापकहरूको क्षमता विकास तालिम सञ्चालन गर्ने र दोस्रो चरणमा सामुदायिक क्याम्पसमा कार्यरत कर्मचारीहरूको क्षमता विकास तालिम सञ्चालन गर्ने कार्यक्रम राखेको छ । छनोटमा परेका दुई क्याम्पसका तालिम इकाइहरूले क्याम्पसमा स्थापना हुने तालिम केन्द्रमा क्याम्पसका आन्तरिक र बाह्य विषय विज्ञहरूको सहयोगमा गण्डकी प्रदेशका ६४ वटा सामुदायिक क्याम्पसहरूका कम्तिमा ३० जनाको संख्या रहेको पाँच वटा प्राध्यापकहरुको समूहलाई फेस टु फेस र अनलाइन दुबै मिश्रित मोडबाट कम्तिमा ६० घण्टाको क्षमता विकास तालिम सञ्चालन गर्नेछन् ।
फागुनको पहिलो सप्ताहबाट सुरु गरिने तालिमका लागि तालिम सञ्चालन गर्ने क्याम्पसले तोकेको तालिमका स्रोत व्यक्तिहरूलाई विश्वविद्यालय अनुदान आयोगले प्रशिक्षक सम्बन्धी तालिम उपलब्ध गराउने छ । उक्त तालिमका सहभागीहरूको तालिम खर्च विश्वविद्यालय अनुदान आयोगले उपलब्ध गराउने र उक्त तालिम कार्यक्रम सन् २०२५ भित्र सम्पन्न गरिसक्नुपर्ने बताइएको छ ।
तालिम सञ्चालन गर्ने क्याम्पसहरूले पेश गरेको तालिम कार्यक्रमको प्रस्ताव, रणनीति, निर्देशिका लगायतका विषयमा छलफल गरी त्यसलाई परिमार्जित गर्नका लागि विश्वविद्यालय अनुदान आयोगको विज्ञ समूह र तालिम सञ्चालक क्याम्पसको तालिम इकाइका प्रतिनिधिहरू बीच शुक्रबार र शनिबार तनहुँको बन्दीपुरमा छलफल कार्यक्रम सम्पन्न गरिएको छ ।
तालिमको पहिलो दिन शुक्रबार विश्वविद्यालय अनुदान आयोगको तर्फबाट प्रा.डा. मनप्रसाद वाग्ले, प्रा.डा. पुष्कर बज्राचार्य र विश्वविद्यालय अनुदान आयोगको उपनिर्देशक विश्वास ढकाल रहेको विज्ञ समूहले विश्वविद्यालय अनुदान आयोगले सञ्चालन गर्न लागेको तालिम कार्यक्रमको लागि क्याम्पसको छनौट प्रक्रिया, प्राध्यापक कर्मचारी क्षमता विकास तालिमको लक्ष्य उद्देश्य बजेट र तालिम प्रक्रिया सञ्चालनका चुनौतीहरू र तालिम सञ्चालन गर्ने क्याम्पसहरुले गर्नुपर्ने दायित्व लगायतका विषयहरुमा सहजीकरण गरेका थिए ।
छलफल कार्यक्रमको दोस्रो दिन शनिबार आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हडखले, सहायक क्याम्पस प्रमुख सागर पौडेल र जनप्रिय क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख कृष्ण बाबु बरालले विज्ञ समूह समक्ष क्याम्पसहरुको क्षमता विकास तालिम कार्यक्रमको प्रस्ताव र रणनीति पेश गरेका थिए ।
छलफल कार्यक्रममा तालिम सञ्चालनको जिम्मेवारी पाएका क्याम्पसहरूले पेश गरेको तालिमको प्रस्ताव र रणनीतिमाथि विश्वविद्यालय अनुदान आयोगको विज्ञ समूहले सुझावहरू राखेको थियो । उक्त सुझावहरूलाई समेटेर तालिमको रणनीति र प्रस्तावलाई परिमार्जित गर्ने प्रतिबद्धता जनाइएको छ ।
यस्तै, विश्वविद्यालय अनुदान आयोगको उक्त टोलीले आदिकवि भानुभक्त क्याम्पसमा रहेको तालिमको पूर्वाधारहरूको अवलोकन गरेको थियो । उक्त अवसरमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारी लगायतले क्याम्पसको भौतिक शैक्षिक आर्थिक अवस्थाका विषयमा जानकारी गराएका थिए ।
क्याम्पसको भौतिक पूर्वाधारको अवलोकन पछि क्याम्पसको तालिम कक्ष र त्यसमा रहेका पूर्वाधारहरुको यथाशीघ्र स्तरोन्नति गर्न सुझाव दिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker