महिला बास्केटबल : पहिलोका लागि आर्मी र बागमती, तेश्रोका लागि गण्डकी र सुदुरपश्चिम भिड्दै

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत त्रिभुवन आर्मी र बागमती प्रदेश महिला बास्केटबलको फाइनलमा प्रवेश गरेका छन् । तनहुँको व्यास नगरपालिका–१ निर्मल माविमा आज सम्पन्न सेमिफाइनल खेलबाट त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशले फाइनलको यात्रा तय गरेको हो ।

त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ६७–३५ ले पराजित गर्दै फाइनलको यात्रा पक्का गर्‍यो । त्रिभुवन आर्मी क्लवले गण्डकी प्रदेशलाई पहिलो क्वाटरमा २०–६, दोस्रो क्वाटरमा १९–१५, तेस्रो क्वाटरमा ११–१५ र चौथो क्वाटरमा १७–९ अङ्कसहित पराजित गरेको हो ।

त्रिभुवन आर्मीको जितमा प्रतिक्षा मगरले व्यक्तिगत १६ अङ्क जोड्नुभएको थियो भने गण्डकी प्रदेशका लेशेम पुनले १७ अङ्क जोड्नुभएको थियो । दोस्रो सेमिफाइनल खेलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ । बागमतीले सुदूरपश्चिमलाई ८३–२५ को फराकिलो अन्तरले पराजित गरेको छ ।

बागमतीले पहिलो क्वाटरमा २०–४, दोस्रो क्वाटरमा २५–८, तेस्रो क्वाटरमा १८–३ र चौथो क्वाटरमा २०–१० अङ्क प्राप्त गरेको छ । बागमतीको जितमा श्रेया खड्काले व्यक्तिगत सबैभन्दा बढी २१ अङ्क जोड्नुभएको थियो भने सुदूरपश्चिमका सन्जु हायुले १३ अङ्क जोड्नुभएको थियो ।

त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशबीचको फाइनल खेल बुधबार दिउँसो ३ बजे सञ्चालन हुने नेपाल बास्केटबल सङ्घका केन्द्रीय सचिव फणिन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो । थ्री बाई थ्रीतर्फ त्रिभुवन आर्मी क्लव र सशस्त्र प्रहरी फाइनलमा प्रवेश गरेको छ । थ्री बाई थ्रीको सेमिफाइनलमा त्रिभुवन आर्मी क्लवले गण्डकीलाई र सशस्त्र प्रहरीले बागमती प्रदेशलाई पराजित गरेको छ ।

त्रिभुवन आर्मी क्लबले गण्डकीलाई ८–६ ले पराजित गरेको छ । उक्त खेलमा त्रिभुवन आर्मी क्लवका जेनिशा श्रेष्ठले व्यक्तिगत तीन र गण्डकीका स्मृति गुरुङले चार अङ्क जोड्नुभएको थियो ।

सशस्त्र प्रहरीले बागमतीलाई २१–७ ले पराजित गरेको छ । उक्त खेलमा सशस्त्रका आकृति श्रेष्ठले व्यक्तिगत आठ र बागमतीका प्रजिता कार्कीले पाँच अङ्क जोड्नुभएको थियो । थ्री बाई थ्रीको फाइनल खेल पनि बुधबार सञ्चालन हुने आयोजकले जनाएको छ ।

फुलकोर्टतर्फ समूह (ए) को विजेता बन्दै त्रिभुवन आर्मी क्लव सेमिफाइनल प्रवेश गरेको थियो भने समूह (बी) को उपविजेता बन्दै गण्डकी प्रदेश सेमिफाइनल पुगेको थियो । समूह (बी) को विजेता बन्दै बागमती प्रदेश सेमिफाइनल प्रवेश गर्दा समूह (ए) को उपविजेता सुदूरपश्चिम सेमिफाइनल प्रवेश गरेको थियो ।

थ्री बाई थ्रीतर्फ समूह (ए) को विजेता बनेर त्रिभुवन आर्मी क्लव सेमिफाइनल प्रवेश गर्दा गण्डकी प्रदेश समूह (बी) को उपविजेता बनेको थियो । समूह (बी) को विजेता बन्दै सशस्त्र प्रहरी सेमिफाइनल प्रवेश गर्दा समूह (ए) को विजेता बागमती प्रदेश बनेको थियो ।

गण्डकी र सुदूरपश्चिम तेस्रोका लागि भिड्दै

प्रतियोगिताको तेस्रो स्थानका लागि फुलेकार्टतर्फ गण्डकी र सुदूरपश्चिम प्रदेशबीच खेल हुने भएको छ । थ्री बाई थ्रीतर्फ तेस्रो स्थानका लागि गण्डकी र बागमती प्रदेशबीच खेल हुनेछ । दुवै खेल बुधबार बिहान सञ्चालन हुनेछ । महिला बास्केटबलतर्फ दुई स्वर्ण, दुई रजत र दुई कास्य पदक रहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker