आँखा शिविरमा सेवा लिंदै

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ वेलचौतारास्थित जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा लायन्स क्लब अफ दुलेगौंडा खैरेनी सिटी र लियो क्लब अफ दुलेगौंडा खैरेनी सिटीले संयुक्त रुपमा आयोजना गरेको नियमित आँखा शिविरमा आँखा परीक्षण गराउँदै स्थानीय सेवाग्राहीहरु । उक्त शिविरमा ८३ जना सेवाग्राहीहरूको आँखाको परीक्षण गरिएको थियो । उक्त शिविरमार्फत २० जना बिरामीहरूलाई थप उपचार तथा शल्यक्रियाको आवश्यकताका कारण पोखरास्थित हिमालयन आई हस्पिटलमा पठाइएको छ । तस्विर : भञ्ज्याङ










