नारायणगढ-मुग्लिन सडक आज नखुल्ने, पहिरो पन्छाउन रोकियो

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डको पहिरो पन्छाउने काम साढे ६ बजेदेखि रोकिएको छ । पहिरो लगातार खसिरहेको कारण पन्छाउन जोखिम भएकोले आजको लागि पहिरो पन्छाउने काम रोकिएको चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिए ।

रातको समयमा बत्तीको सहाराले भएपनि पहिरो पन्छाउने तयारी गरिएपनि साढे ६ बजे नै ठूलो पहिरो खसेपछि जोखिमका कारण पहिरो पन्छाउन रोकिएको हो । उनले पहिरो पन्छाउने काम भोलि बिहानैदेखि सुरु गर्ने जानकारी दिए ।

आज रातभर पहिरो नखसेको अवस्थामा भोलि दिउँसो देखि यातायात सञ्चालन गर्न सकिने अनुमान गरिएपनि पहिरो निरन्तर गइरहेका कारण यातायात पन्छाउने कतिबेला सकिन्छ भन्ने यकिन नभएको एसपी पुरीले बताए ।

नारायणगढ-मुग्लिन सडकको तुइन खोला नजिक पहिरो खसेको कारण चितवन भएर गुड्ने एक हजारभन्दा बढी गाडी सडकमा अलपत्र परेका छन् । हिजो दिउँसो ४ बजेदेखि नै रोकिएका यात्रुलाई खानेकुरा पानी लगायतको समस्या भएपछि आज जिल्ला प्रशासन कार्यालय चितवनको समन्वयमा यात्रुहरुलाई पानीसहित खानेकुरा वितरण गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker