सुदिप कार्कीको अध्यक्षतामा तनहुँ सेवा समाज युएइले चयन गर्यो नयाँ समिति
- भञ्ज्याङ समाचारदाता (युएइ)
तनहुँ सेवा समाज युएइले नयाँ कार्यसमिति चयन गरेको छ । समाजको जुम मिटिङमार्फ गरेको दोश्रो अधिवेशनबाट सुदिप कार्कीको अध्यक्षतामा र्सवसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो।
‘हाम्रो तनहुँ हाम्रो शान, सेवा र सहार्यताको अभियान’ भन्ने नारासहित अगाडि बढेको समाज दोश्रो अधिवेशनको अध्यक्षता कृष्ण पौडेलले गरेका थिए भने संरक्षक दीपक खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।
समाजको वरिष्ठ उपाध्यक्षमा कल्पना लामिछाने रिमाल, उपाध्यक्षमा कृष सुनार र वषन्त थापा, महासचिवमा सुरिन भुजेल, सचिव भुवन थापा मागर, प्रवक्तामा गणेश बस्नेत क्षत्री, कोषाध्यक्ष रमेश गोदार, सह कोषाध्यक्षमा रमेश थापा, युवा संयोजकमा अमरराज पन्थी, महिला संयोजकमा विद्या ढकाल चयन भएका छन् ।

समाजका सदस्यहरुमा अपील भट्टराइ, नेत्र लामिछाने, सूर्य थापा, देवबहादुर शाही ठकुरी, पूर्ण बहादुर थापामगर, ज्ञानबहादुर शाही, देवराज आले, प्रदीप श्रेष्ठ, सीता पन्त र श्रृजना तामाङ रहेको बताइएको छ ।
डोल राना मगर संयोजक रहेको निर्वाचन समितिले समाजको अबुधाबी क्षेत्रीय संयोजकमा गोविन्द आचार्य, अजमान क्षेत्रीय संयोजकमा अर्जुन खड्का, फुजेरा/रसअल खैमाह क्षेत्रीय संयोजकमा राम सपाकोटा तथा अल ऐन क्षेत्रीय संयोजकमा दिनेश बस्नेतलाई चयन गरेको छ ।
यस्तै, समाजको प्रमुख संरक्षकमा दिपक खड्का, वरिष्ठ सल्लाहकार भिमनारायण श्रेष्ठ तथा प्रमुख सल्लाहकारमा हिरालाल श्रेष्ठ रहेको समाजका प्रवक्ता गणेश बस्नेत क्षत्रीले जानकारी गराएका छन् ।
युएइमा कार्यरत जिल्लावासीको साझा संस्था तनहुँमा सामाजिक सेवाका क्षेत्रमा सक्रिय रहेको समाजको सल्लाहकारमा श्रीकृष्ण आचार्य, अमर रानाभाट, टक गुरुङ, कृष्ण रायमाझी, भेषराज ढकाल, बसन्त रिमाल, बिष्णु थापा, बिष्णु बगाले, डोल राना मगर, दिपकराज पौडेल, देव गुरुङ, भीम नरसिंग बस्नेत र महेश श्रेष्ठ छन् ।










