तनहुँमा विविध कार्यक्रम गरी संविधान दिवस मनाइने

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँमा विविध कार्यक्रम गरी संविधान दिवस मनाउने तयारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले संविधान दिवस तीन दिनसम्म मनाउने निर्णय गरेको हो ।

दिवसको अवसरमा असोज २ गते जिल्लास्थित सबै सरकारी, सार्वजनिक कार्यालय एवं सामुदायिक संघसंस्थाहरुले राष्ट्रिय झण्डा एवं व्यानर सजाई कार्यालय परिसर सरसफाई, सोही दिन धार्मिक, सांस्कृतिक सम्पदा स्थलहरुको सरसफाई सहित सौन्दर्यकरण अभिवृद्धि गर्नका लागि सम्बन्धित स्थानीय तहलाई अनुरोध गर्ने, २ र ३ ४ गते सरकारी तथा सार्वजनिक निकायका कार्यालय र सार्वजनिक महत्वका सम्भाव्यस्थलहरुमा दीप प्रज्वलन गर्ने निर्णय भएको छ ।

असोज ३ गते संविधानको महत्वका विषयमा सन्देश तथा कार्यक्रमहरु प्रकाशन प्रशारण गर्न जिल्लास्थित सबै स्थानीय एवं राष्ट्रिय स्तरका सञ्चार माध्यमहरुलाई अनुरोध गर्ने निर्णय भएको छ ।

असोज ३ गते नै बिहान अनसन चौतारामा भेला भई संविधानको महत्व, आवश्यकता एवं यसको कार्यान्वयनको समिक्षा झल्किने प्लेकार्ड सहित जिल्लास्थित सबै सरकारी कार्यालय, राजनीतिक दल, सञ्चारमाध्यम एवं अन्य सरोकारवालाहरुको उपस्थितिमा बजार परिक्रमा गर्ने निर्णय भएको प्रजिअ अर्यालले बताए ।

यस्तै, दशवटै पालिकामा रहेका अस्पताल, वृद्धाश्रम, असहाय केन्द्रमा फलफूल वितरणका लागि सम्बन्धित पालिकालाई अनुरोध गर्ने निर्णय भेलाले गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker