दमौलीस्थित बालमन्दिर माविमा चित्रकला प्रतियोगिता

दमौली : तनहुँको व्यास नगरपालिका–२ दमौलीस्थित बालमन्दिर माध्यमिक विद्यालयमा चित्रकला प्रतियोगिता गरिएको छ । युवा रेडकस सर्कलले विद्यालयमा जिल्लास्तरीय माध्यमिक तथा आधारभूत तहका विद्यार्थीहरु बीच चित्रकला प्रतियोगिता गरेको हो ।
१९ विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगितामा आधारभूत तह स्तरीय प्रतियोगितामा सर्वज्योति माध्यमिक विद्यालय व्यास–१० का जङ्ग बहादुर बिक प्रथम, जन गणपति माध्यमिक विद्यालय म्याग्दे–३ की सुस्मिता सारु द्धितीय, महेन्द्र माध्यमिक विद्यालय म्याग्दे–१ की एलिसा आले तृतीय भएकी छन् । प्रतियोगितामा बालमन्दिर माध्यमिक विद्यालय व्यास–२ का रन्जना गुरुङले सान्त्वना स्थान प्राप्त गरेकी छन् ।
यस्तै, माध्यमिक तहका १६ विद्यालय बीच भएको प्रतियोगितामा शुक्ला माध्यमिक विद्यालय ऋषिङ–१ की श्रेया थापा प्रथम, जन गणपति माध्यमिक विद्यालय म्याग्दे–३ का प्रदीप थापा द्धितीय, महेन्द्र माध्यमिक विद्यालय म्याग्दे–१ का गणेश रामदाम तृतीय भएका छन् भने, महेन्द्र माविकै सफल विकले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन् ।
३५ ओटा विद्यालय प्रतिस्पर्धी रहेको उक्त चित्रकला प्रतियोगिताको संयोजन शिक्षक नायक गोकुल थापाले गरेका थिए भने जिल्ला रेडक्रसका प्रतिनिधि बिमल गिरी, शिक्षक लक्ष्मी मल्ल र सुजन नेपालीले सहजिकरण गरेका थिए।
प्रतियोगिताका विजेताहरुलाई यही पुस १९ गते एक कार्यक्रमका बीच पुरस्कृत गरिने शिक्षक नायक थापाले जानकारी गराए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker