ऋषिङमा विद्यालय स्तरीय नृत्य प्रतियोगिता

तनहुँको ऋषिङ गाउँपालिकाले स्थापना दिवसका अवसरमा सोमबार आयोजना गरेको माध्यमिक विद्यालय स्तरीय खुल्ला लोक गीत नृत्य प्रतियोगितामा नृत्य गर्दै छात्राहरु । प्रतियोगितामा शिव सरस्वती मावि प्रथम, शुक्ला मावि द्वित्तीय, शान्ति मावि तृतीय र दिपक माविले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन् । प्रतियोगिताका विजेताहरुलाई गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत अनिल अंगाईले क्रमशः नगद १५ हजार, १० हजार, ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार प्रदान गरेका थिए । तस्विर : भञ्ज्याङ










