जोखिम वर्गका भूकम्पपीडितको नयाँ घर निर्माण हुन सकेन

  • भञ्ज्याङ समाचारदाता (दमौली)

भूकम्प गएको पनि झण्डै पाँच वर्ष बित्न लाग्यो, तर जोखिम वर्गका भूकम्पपीडितको सपना भने अझै पूरा हुन सकेको छैन । वि.सं. ०७२ वैशाख १२ गते दिउँसो गएको विनाशकारी भूकम्पले तनहुँका जोखिम वर्गका भूकम्पपीडितको नयाँ घर निर्माण हुन सकेको छैन । तनहुँमा ५४१ जना जोखिम वर्गका लाभग्राही रहेको जिल्ला आयोजना कार्यान्वयन एकाइ तनहुँले जनाएको छ । विनाशकारी भूकम्पपछि घरविहीन अवस्थामा पुगेका ती लाभग्राहीको समस्या समाधानको लागि पहल कदमीसमेत हुन नसकेको कार्यालयका कम्प्युटर अपरेटर सुजन तिवारीले बताए । भूकम्पबाट प्रभावित निजी आवास पुनःनिर्माण अनुदान वितरण कार्यविधिअनुसार ७० वर्षमाथिका ज्येष्ठ नागरिक, ६५ वर्षनाघेका अशक्त एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा १६ वर्षमुनिका नाबालिगलाई जोखिम वर्गका लाभग्राहीका रूपमा लिने गरिएको छ ।

छिमेकी जिल्ला गोरखा, लमजुङ लगायतका जिल्लामा विभिन्न गैरसरकारी संस्थाको सहयोगमा यस्ता घर निर्माण गरिदिए पनि यस जिल्लामा त्यस्ता संस्था नहुँदा घर बन्न नसकेको जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख जयप्रकाश गुप्ताले बताए । सरकारको सूचीमा भूकम्पबाट अति प्रभावित जिल्लाका रूपमा तनहुँ जिल्ला नपरेकाले त्यस्ता लाभग्राहीलाई सहयोग गर्न गैरसरकारी संस्था आउन नसकेको उनले बताए । कतिपय लाभग्राहीसँग रकम भए पनि हेरचाह गरिदिने, पसलबाट किनेर ल्याइदिने जनशक्ति नहुँदा उनीहरूले नयाँ घर निर्माण सकिरहेका छैनन् । एकाइ प्रमुख गुप्ताले भन्नुभयो, “स्थानीय पालिकासँग समन्वय गरी उनीहरू घर बनाउन पहल कदमी भइरहेको छ ।”

प्राधिकरणले यस्ता जोखिम वर्गका लाभग्राहीलाई निजी आवास पुनःनिर्माणका लागि थप रु ५० हजार अनुदान दिने व्यवस्था गरेको छ । रकम नपुगेर आवास पुनःनिर्माण रोकिएका यस्ता लाभग्राहीलाई मात्र यो अनुदान रकम उपलब्ध गराइने व्यवस्था रहेको सो कार्यालयले जनाएको छ । भूकम्पबाट तनहुँमा १५ हजार ९६३ लाभग्राहीमध्ये नौ हजार १०९ लाभग्राहीले तेस्रो किस्ताबापतको रकम लिइसकेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker