नेपाल शिक्षक संघ तनहुँद्वारा शिक्षकको पेशागत विकासका लागि प्राविधिक तालिम

  • भञ्ज्याङ समाचारदाता (दमौली)

कोभिड-१९ संक्रमण त्रासले शिक्षाक्षेत्रलाई पारेको प्रभावलाई सहज बनाउने लक्ष्यका साथ शिक्षकहरुलाई पेशागत विकासका लागिग प्राविधिक तालिम सम्पन्न गरिएको छ । नेपाल शिक्षक संघका जिल्ला तनहुँले शिक्षकलाई वर्तमान समय अनुकूल बनाउँदै पाठ्यक्रम र प्रविधिसँग जोड्दै कक्षा कोठालाई प्रविधिमैत्री बनाउँदै अध्यापन कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ तालिम सञ्चालन गरेको हो ।

संघले सञ्चालन गरेको तालिम देशैभरका १ हजार १६१ जना शिक्षकहरु भर्चुवल माध्यममा जोडिएर तालिममा सहभागी भएको बताइएको छ । उक्त तालिमको समापन गर्दै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिराम वाग्लेले तालिमले शिक्षकहरूको पेसागत विकास एवं प्राविधिक विकासमा सहयोग पुर्‍याउनेमा विश्वास व्यक्त गर्दै तालिममा सिकेका सीप अरुलाई कक्षाकोठासम्म लैजान आग्रह गरे । उनले शिक्षण विधिलाई प्रविधिसँग जोड्दै वैकल्पिक तथा प्रत्यक्ष सिकाइमा निखारता ल्याउन मद्दत पुग्ने बताए ।

नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष कमल भक्त पोख्रेलको सभापतित्वमा आयोजित तालिम समापनमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, नेपाल शिक्षक संघ संघीय कार्य समितिका महासचिव, अर्थ, पुष्प कला भट्टर्राई, महासंघका संघीय उपमहासचिव विजयराज पौडेल नेपाल, शिक्षक संघ गण्डकी प्रदेशका अध्यक्ष शिरोमणि लामिछाने, शिक्षक संघका पूर्वअध्यक्ष रमेशचन्द हडखले, प्रदेश उपमहासचिव सुलोचना पण्डित, महासंघ जिल्ला अध्यक्ष रामचन्द्र पोखरेल लगायतका वक्ताहरुले वर्तमान समयलाई लक्षित गरी सञ्चालित तालिम उपलब्धी मुलक हुनेमा विश्वास व्यक्त गरे ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker