तनहुँको घिरिङ र स्याङजाको चापाकोट जोड्ने कटहरे-मोहनी-धारापानी खण्डको अनुगमन
वीवी श्रेष्ठ

तनहुँको घिरिङ्ग गाँउपालिका-२ स्थित कटहरे-मोहनी धारापानी खण्डको मोटरमार्गको ट्रयाक निवर्तमान सासंद केदार सिग्देल लगायतको टोलीले स्थलगत अनुगमन गरेको छ ।
गाईघाट-गल्याङ वैकल्पिक राजमार्गमा पर्ने कटहरे धारापानी मोटरमार्ग विस्तारको लागि ट्रयाक खोल्न लागिएको छ । तनहुँको घिरिङ गाउँपालिका-२ र स्याङजाको चापाकोट नगरपालिका जोड्ने स्थानसम्मको करिव ५ किलोमिटर सडकको ट्रयाक खोल्ने तैयारी भएको निवर्तमान सासंद सिग्दलले बताए ।
गाईघाट-गल्याङ वैकल्पिक राजमार्गको १७० किलोमिटर बाटो सम्पन्न भएपछि चितवनको गाईघाटदेखि स्याङजाको गल्याङसम्म सिधा मोटरमार्ग बन्ने सासंद सिग्देलले बताए । चितवनदेखि स्याङजा आउँजाउका लागी यो सडक बाटो निकै छोटो हुने घिरिङ-२ का वडाध्यक्ष पूर्ण वहादुर थापाले बताए ।
चितवनको गाईघाट हुँदै तनहुँको भिरकोट, ऋषिङ, मानपुर, घिरिङ र स्याङजा जिल्लाको चापाकोट नगरपालिका हुँदै गल्याङ-गाईघाट वैकल्पिक राजमार्ग पर्यटकीय तथा सामरिक दृष्टिकोणले पनि महत्वपूर्ण हुने सासंद सिग्देलले बताएका छन् ।
यो सडक संचालनमा आएपछि तनहुँको विकट मानिएको क्षेत्रको विकासले उल्लेख्य फड्को मार्ने र दुरीको हिसावले पनि अति नै छोटो हुने देखिएको छ ।
कटहरे-मोहनी धारापानी खण्डको मोटरमार्गको ट्रयाक निरिक्षण टोलीमा नेकपा तनहुँका जिल्ला कमिटी सचिवालय सदस्य हरिराज कडेल, घिरिङ-२ का वडाध्यक्ष पूर्ण वहादुर थापा र स्थानीय वासिन्दाहरुको सहभागिता रहेको थियो ।










