तनहुँ प्रहरीले एकै दिन २४ जना फरार प्रतिवादीहरुलाई पक्राउ गर्‍यो

  • भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँ प्रहरीले आइतबार विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका २४ जनालाई पक्राउ गरेको छ । प्रहरीले जिउ मास्ने बेच्ने मुद्दामा तनहुँ जिल्ला अदालतको मिति २०४९ मंसिर ८ गतेको फैसलाले २ बर्ष८ महिना २२ दिन कैद हुने गरी सजाय सुनाएकोमा तोकिएको कैद भुक्तान गर्न बाँकी रही हालसम्म फरार रहेका देवघाट गाउँपालिका-३ स्थायी घर भई हाल बन्दिपुर गाउँपालिका-२ बस्ने बर्ष६१ को खड्क बहादुर दमैलाई २८ बर्षछि पक्राउ गरेको छ ।

यस्तै, लागु औषध मुद्दामा मोरङ जिल्ला अदालतको मिति २०६८ पुस २५ गतेको फैसलाले २ महिना कैद र रु. २ हजार जरिवाना हुने गरी सजाय सुनाएकोमा तोकिएको कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रही हालसम्म फरार रहेका तनहुँ भानु-६ बस्ने प्रभात भन्ने प्रभु ढकाललाई ९ बर्षछी पक्राउ गरेको छ ।

सवारी ज्यान मुद्दामा तनहुँ जिल्ला अदालतको मिति २०६३ कात्तिक १२ गतेको फैसलाले १ महिना कैद सजाय सुनाएकोमा तोकिएको कैद मध्ये ७ दिन कैद भुक्तान गर्न बाँकी रही बिगत १४ बर्षदेखि फरार रहेका साबिक देवघाट गाविस-४ बस्ने सन बहादुर थापा मगर लगायत अन्य कर्तव्य ज्यान मुद्दामा फरार १ जना, मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार ७ जना सम्बन्ध बिच्छेद मुद्दामा फरार २ जना, केही सार्वजनिक अपराध मुद्दामा फरार ५ जना, दर्ता बदर सार्बजनिक गरीपाउ मुद्दामा फरार २ जना, जालसाजी मुद्दामा फरार २ जना जारी मुद्दामा फरार १ जना र सवारी ज्यान मुद्दामा फरार १ जनालाई आइतबार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी गराएका छन् ।

२४ जना प्रतिबादीहरुबाट २५ देखी २२ हजार रुपैयाँसम्म जरिवाना तथा ७ दिनदेखि २ बर्ष ९ महिनासम्म कैद सजाय भुक्तान नगरी हालसम्म फरार रहेकाहरुलाई जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी इकाइ कार्यालयहरुबाट पक्राउ गरी तोकिएको जरिवाना ५६ हजार ९८५ रुपैयाँ र २ बर्ष१० महिना २९ दिन कैद भुक्तानको लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरी नायव उपरीक्षक तिमिल्सिनाले बताएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker