मुस्लिम समुदायले इद उल फित्र पर्व मनाए

तनहुँ : इस्लाम धर्मावलम्बीको महान् पर्व ‘ईद–उल–फित्र’ हर्षोल्लासका साथ मनाएका छन् । यस अवसरमा आयोजना हुने परम्परागत ‘इफ्तार’ र रोजा पश्चात् नमाज पढेपछि साँझपख विशेष परिकार ग्रहण गर्नु इस्लाम धर्मावलम्बीको महत्त्वपूर्ण अनुष्ठान हो ।
तनहुँको व्यास नगरपालिका–४ नुरी हन्फी जामे मस्जिदमा इदको अवसरमा सोमबार बिहान सामूहिक नमाज पढिएको छ ।
यस्तै, भानु–१३ को बाँकेमा इस्लाम धर्मावलम्बीले धुमधामका साथ ईद उल फित्र पर्व मनाएका छन् । इस्लाम धर्मावलम्बीहरुले बिहान सामूहिक रुपमा नमाज पढेका छन् । इदगाहभित्र ठाउँ नपुगेर बाहिर सडकमै बसेर पनि नमाज पढिएको थियो । सो अवसरमा एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिएको थियो ।
यो चाड इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा) को समापनमा मनाइन्छ । रोजाको दौरान मुस्लिम धर्मावलम्बीहरूले सूर्योदयदेखि सूर्यास्तसम्म भोजन, पानी तथा अन्य भौतिक सुख–सुविधाबाट टाढा रहन्छन् ।
यस अवधिमा आध्यात्मिक शुद्धता, दानशीलता, सहानुभूति, तथा आत्मसयंको अभ्यासमा जोड दिइने यस पर्वमा पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
ईदमा मिठाई, खजुर, सेवईं तथा विभिन्न परिकार तयार गरिन्छन् । परिवारजन, आफन्त तथा छिमेकीबीच भोज तथा भेटघाटको विशेष महत्व यस पर्वमा रहेको हुन्छ । सरकारले ईदका अवसरमा सोमबार सार्वजनिक बिदा दिएको थियो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker