गण्डकी प्रदेशसभा : वन विधेयक विषयगत समितिमा

रासस/गण्डकी

गण्डकी प्रदेशसभाको आजको बैठकले ‘प्रदेशभित्रको वनलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’रासस/गण्डकी दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव र्सवसम्मतिले स्वीकृत गरेको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले संशोधन प्रस्तावसहित सो विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रदेशसभा बैठकसमक्ष पेस गर्नुभएको थियो । समितिमा दफावार छलफलपछि प्रदेशसभाबाट विधेयक पारितका लागि प्रक्रिया अगाडि बढ्ने प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिनुभयो ।

उक्त विधेयकमा १३ प्रदेशसभा सदस्यले संयुक्त रुपमा संशोधन प्रस्ताव दर्ता गराएका छन् । बैठकको शून्य समयमा बोल्ने प्रदेशसभा सदस्यहरुले वर्षात्का कारण क्षति व्यहोरेका नागरिकलाई राहत प्रदान गर्न प्रदेश सरकारको ध्यानाकर्षा गराउनुभएको थियो । प्रदेशसभा बैठक अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker