गणपति डिलक्स बसको उत्खनन सुरु भएको १७औं दिनपछि उत्खननकार्य स्थगित

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ दोन्द्राङवेसीस्थित त्रिशूली नदीमा किनारमा भेटिएको गणपति डिलक्स बसको उत्खननकार्य आजदेखि स्थगित गरिएको छ।

उत्खनन सुरु भएको १७औं दिनमा स्थगित गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले जानकारी दिए। बसको केही भाग पानीबाट निकालिएको र बाँकी भाग निकाल्न समस्या भएपछि काम रोक्ने निर्णय गरिएको उनले बताए।

गत पुस २६ गते त्रिशूली नदीमा बस भेटिएपछि पुस २७ गतेदेखि सुरु गरिएको उत्खनन कार्यको सोह्रौँ दिन हिजो बसभित्र मानव कङ्काल भेटिएको थियो। बसको भित्री भागबाट मानव कङ्काल भेटिएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए।

विसं २०८१ असार २८ गते चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत सिमलताल क्षेत्रमा गएको लेदोसहितको पहिरोमा परी काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको ‘गणपति डिलक्स’ बस नदीमा हराएको थियो । उक्त बस गत पुस २६ गते तनहुँतर्फ नदी किनारमा भेटिएको थियो।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker