विविध कार्यक्रम गरी पञ्चमुनिदेव माविमा कक्षा १२ का विद्यार्थीको विदाई

दुलेगौडा । तनहुँको शुक्लागण्डी नगरपालिका–४ दुलेगौंडास्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयले विविध साँस्कृतिक कार्यक्रम गरी कक्षा १२ का विद्यार्थीहरुलाई विदाई कार्यक्रम गरेको छ ।

कक्षा ११ का विद्यार्थीहरुले कक्षा १२ का विद्यार्थीहरुका लागि आयोजना गरिएको विदाई कार्यक्रममा चर्चित गायिका अस्मिता अधिकारीले साँस्कृतिक प्रस्तुति गरी सहभागिहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।

तिमि आउनु……, काले केटाले………, फुलै फुल दिन्छौ कि……., जस्ता लोकप्रीय गीत गाएर सहभागिहरुलाई मनोरञ्जन प्रदान गरेकी थिइन् भने, विद्यार्थीहरुले नृत्ये प्रस्तुत गरेका थिए ।

कक्षा ११ कि विद्यार्थी सुदिक्षा रानाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुले नृत्य सहित विविध प्रस्तुती दिएका थिए । कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुलाई विद्यालयको तर्फबाट विदाई समेत गरिएको थियो ।

तनहुँ जिल्लाको नमुना विद्यालयको रुपमा रहेको यस विद्यालयमा कक्षा ११ र १२ गरी झण्डै १ हजार विद्यार्यीहरु अध्ययनरत छन् । विज्ञान, व्यवस्थपान, शिक्षा तथा पशु विज्ञान तर्फका कक्षाहरु सञ्चालन भएका कारण विद्यालयमा विद्यार्थीको चाप बढिरहेको विद्यालयका सूचना अधिकृत लक्ष्मण पुरीले जानकारी गराए ।











