कांग्रेसको विरोध : मुलुकलाई अफगानिस्तान बन्नबाट जोगाउन अदालत छ – नेता पौडेल

भञ्ज्याङ न्यूज

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकलाई अफगानिस्तान जस्तो बन्नबाट जोगाउन अब सर्वोच्च अदालतले मात्र सक्ने बताएका छन् । कांग्रेस तनहुँले निर्वाचन क्षेत्र नम्बर १ को दमौली र निर्वाचन क्षेत्र नम्बर २ को भिमादमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले सरकारले प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको र अदालतले त्यसलाई सच्याउने विश्वास गरेका छन् ।

‘यो देशलाई विखण्डनमा पुग्न नदिन, यो मुलुकलाई अफगानिस्तान जस्तो बन्न नदिन अझैपनि सर्वोच्च अदालतले रोक्न सक्ने विश्वास छ’, नेता पौडेलले भने, ‘सर्वोच्चका न्यायमूर्तिहरुलाई एक पटक संविधानलाई राम्रोसंग पढिदिन, यो संविधानको अक्षर, यो संविधानको भावना र विधिदाताको मनासय बुझिदन आग्रह छ ।’

‘सर्वोच्च अदालतले सरकारको गल्ती सच्याउनै पर्छ, अब भरोसा भनेको अदालतसँग मात्र छ’, नेता पौडेलले भने, ‘मुलुकलाई संकटबाट बचाउन पनि प्रतिनिधिसभा पुनःस्थापना गरी संविधानको सर्वोच्चतालाई जोगाउनु पर्छ । यो अवस्थामा मुलुकले निर्वाचन खर्च समेत धान्न नसक्ने अवस्थामा छ ।’

‘नेपाल कम्युनिष्ट पार्टीको विवादसँग जोडेर प्रतिनिधिसभा विघटन गरिनु दुःखद् हो’, उनले भने ‘संविधानमा संसद् विघटनको व्यवस्था नै छैन, व्यवस्थामा नै नभएको कुरा सरकारले गरेको र संविधानको रक्षक राष्ट्रपतिबाट पनि गलत कामको समर्थन भएको छ।’

मुलुक शक्तिकेन्द्रको खेलवाड गर्ने स्थल बन्दै गएको बताउँदै नेता पौडेलले प्रतिनिधि सभा विघटन प्रधानमन्त्री र राष्ट्रपतिले मात्र होइन यसको पछाडी अन्यको पनि भूमिका रहेको र यो कसरी भएको छ, बिना बादल वर्षा ? यो अहिले सम्भवनै नभएको कुरा कसरी विघटन भयो ? यसले गम्भिर प्रश्न उठाएको जिकिर गरे ।

नेता पौडेलले यो मुलुक र संविधानको रक्षका लागि अब सिद्धान्त र आदर्शप्रति समर्पित नेपाली कांग्रेस, लोकतन्त्र प्रति समार्पित नेपाली कांग्रेसलाई जनताले खोजेको दाबी गरेका छन् ।

यस्तै, विरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले मुलुक इतिहासकै जटिल अवस्थामा पुगेको बताएका छन् । मुलुकमा आइपरेको यो संकटबाट निकास दिन पार्टीको केन्द्रीय समितिले समयमै एउटा निश्कर्षनिकालेर ताजा जनादेशमा जानुको विकल्प नभएको बताएका छन् ।

विरोध सभामा कांग्रेसका केन्द्रीय सदस्यहरु गोविन्द भट्टराइ, प्रदीप पौडेल लगायतका नेता कार्यकर्ताहरुले पार्टीमा केही कमजोरी रहे पनि दबावपूर्ण आन्दोलन गर्न सके मात्र लोकतन्त्र बच्ने दाबी गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker