व्यासका तीन वटा सामुदायिक विद्यालयलाई रोटरीद्वारा शैक्षिक सामाग्रि हस्तान्तरण

  • भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँको व्यास नगरपालिकाका तीन वटा विद्यालयलाई रोटरी क्लब अफ दमौलीले इलेक्ट्रोनिक सिकाई सहयोगी (इ-लर्निङ स्पोर्ट) सामग्री हस्तान्तरण गरेको छ । रोटरी नेपालको साक्षरता अभियान अन्तर्गत व्यास नगरपालिका-११ स्थित बाराही मावि, व्यास-१२ स्थित अमरज्योति मावि र व्यास-६ स्थित इन्दु माविलाई एक/एक थान ४२ इन्चको स्मार्ट टिभी हस्तान्तरण गरिएको हो । कक्षा १ देखी १२ सम्मका सबै कोर्स रेकर्ड गरिएको उक्त स्मार्ट टिभीबाट अनलाइन र अफलाइन दुबै तरिकाले पढाउन सकिने बताइएको छ ।

क्लवद्वारा उपलब्ध सिकाइ सामग्री गर प्रमुख बैकुण्ठ न्यौपानेले बाराही माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र बहादुर अधिकारी, प्रधानाध्यापक हिराबहादुर अधिकारी, अमरज्योतिका शिक्षक अभिभावक संघका अध्यक्ष निल प्रसाद डौलीया साथै विद्यालयका प्रधानाध्यापक रामजी तिमल्सेना र इन्दु माविका विद्यालय व्यवस्थापन समितका अध्यक्ष चन्द्रकान्त भण्डारी र प्रधानाध्यापक रामकाजी श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।

उक्त अवसरमा नगरप्रमुख न्यौपानेले विद्यालयको स्तरीकरणका लागि सामग्रीले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले यस्ता सामग्रीको प्रयोगका लागि विद्यालयका जनशक्तिलाई स्तरीकरण गर्ने समेत राम्रो अवसर भएकाले सही सदुपयोग गर्न आग्रह गरे ।

शिक्षा, स्वास्थ्यका क्षेत्रमा विगत लामो समयदेखि नै रोटरीको सहयोग रहदै आएको चर्चा गर्दै न्यौपानेले इ-लर्निङ स्पोर्ट सामग्रीले नगरको शैक्षिक स्तर उकास्ने काममा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

रोटरी क्लब अफ दमौलीका प्रथम उपाध्यक्ष जीवनकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बाराही माविका अध्यक्ष बिरेन्द्र अधिकारीले यस्ता सामग्रीले शिक्षण सिकाई प्रक्रियालाई रोचक र थप प्रभावकारी बनाउन मद्दत पुग्ने बताए । अहिलेको समयमा प्रविधिको प्रयोग मार्फत गरिएको पठनपाठनले विद्यार्थीमा प्रविधिको ज्ञान समेत हुने भन्दै अधिकारीले सहयोग प्रति आभार व्यक्त गरे ।

कार्यक्रममा रोटरी क्लब अफ दमौलीका निवर्तमान अध्यक्ष सुर्जाकुमार मल्लले रोटरी साक्षरता अभियान अन्तर्गत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण, विद्यालयको पहुँचमा पुग्न नसकेका बालबालिकालाई शिक्षाको मुलधारमा समेट्न विविध कार्यक्रम सञ्चालन भइरहेको बताए ।

विद्यालयमा इ-लर्निङ सिकाइ प्याकेजमै तीन वर्षका लागि मिडास सफ्टवेयर र इ-लाइव्रेरी हस्तान्तरणको तयारी पनि भइरहेको रोटरी क्लब अफ दमौलीका अध्यक्ष दमोदर भण्डारीले बताए । २०३० सालसम्म १०० प्रतिशत साक्षरता पुर्‍याउने नेपाल सरकारको योजनालाई सघाउन रोटरी नेपालले प्रौढ शिक्षा, हृयापी स्कुल कार्यक्रम, विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्री, विद्यालय पोशाक वितरण लगायतका कार्यक्रमहरु सञ्चालन भइरहेको र यस्ता कार्यक्रम हरेक वर्ष निरन्तर भइरहने भण्डारीले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker