तनहुँमा कोरोनाका सक्रिय संक्रमित ५ सय नाघ्यो, साउन ३२ सम्म निषेधाज्ञा लम्ब्याईदै

भञ्ज्याङ न्यूज

तनहुँमा पछिल्लो केही दिन यता कोरोना संक्रमितको संख्या बढेको छ । मंगलबार ५० जना नयाँ संक्रमित थपिएसंगै जिल्लामा सक्रिय संक्रमितको संख्या ५२३ पुगेको छ । निषेधाज्ञा खुकुलो बनाउँदै लगिएसंगै नागरिकस्तरबाट बढेको लापरवाहीका कारण तनहुँमा पुनः संक्रमितको संख्या हृवात्तै बढेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

स्वास्थ्य कार्यालयको पछिल्लो तथ्याङ्क अनुसार तनहुँको व्यास नगरपालिका, म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिका क्षेत्रमा कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएको देखाइएको छ। दोश्रो लहरको कोरोना संक्रमण फैलिएसंगै संक्रमणबाट ९५ जनाको मृत्यु भइसकेको छ ।

यस्तै, तनहुँमा निषेधाज्ञा साउन ३२ गतेसम्म लम्ब्याइने भएको छ। जिल्ला संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले जिल्लामा दशौं पटक निषेधाज्ञा थप गर्दै साउन ३२ गतेसम्म लम्ब्याएउन जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरेको छ ।

छिमेकी जिल्लामा डेल्टा भेरियन्टको संक्रमण देखिएको र तनहुँमा पनि दैनिक संक्रमितको संख्या बढ्दै गएकाले निषेधाज्ञा लम्ब्याउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी गराए । तनहुँमा कोभिडको जोखिम अझै कम नभएको र सक्रिय संक्रमितको संख्या पनि बढ्दै गएकाले निषेधाज्ञालाई लम्ब्याउने निर्णय भएको बरारलले बताए ।

समुदायस्तरमै कोभिड-१९ को संक्रमण फैलिएपछि तनहुँ प्रशासनले गत बैशाख २२ गतेबाट जारी गरेको निषेधाज्ञा पछिल्लो पटक साउन २० गतेसम्मकालागि लम्ब्याएको थियो । बैठकले अब निषेधाज्ञालाई कडाइका साथ कार्यान्वयन गर्नु पर्ने निष्कर्ष समेत निकालेको छ । साँझ ४ बजेपछि अनिवार्यरुपमा पसल बन्द गर्नुपर्ने र अटेर गरे व्यवसायीलाई पक्राउ गरि कारवाही गर्ने निर्णय भएको बताइएको छ ।

यस्तै, स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगरी आउने ग्राहकसंग व्यापार नगर्न र व्यवसायीले समेत स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णरुपमा पालना गर्नु पर्ने बैठकले निर्णय गरेको छ । मास्क नलगाई आउनेलाई सेवा वा बस्तुको विक्री गरेमा त्यस्तो व्यवसायीलाई कारवाही गरिने निर्णय समेत भएको छ । निषेधाज्ञाको उल्लंघन गरेमा कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को दफा ४ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ बमोजिम कारवाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए ।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा बसेको बैठकमा जिल्ला समन्वय समितिकी उपप्रमुख पवित्रा पौडेल, व्यासका नगरप्रमुख बैकुण्ठ न्यौपाने, भानुका नगरप्रमुख उदयराज गौली, जिल्ला समन्वय अधिकारी प्रेमराज गिरी, व्यासका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल, भिमादका प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापा, प्रहरी उपरिक्षक दिनेशराज मैनाली, आवुँखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेल, देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी सापकोटा, स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबावु अधिकारी लगायतको सहभागिता रहेको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker