अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारी साधन नियन्त्रणमा

  • भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँ प्रहरीले अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्दै गरेको अवस्थामा विहीबार पाँच वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । तनहुँको व्यास नगरपालिका-५ मादी पुल नजिक तीन सय मिटर पश्चिमतर्फको बगरबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्दै गरेको अवस्थामा पाँच वटा ट्याक्टर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाका अनुसार ग १ त ४०१०, ग१ त ५९९७, को२त ६९८७, ग१त ६०४७ र ग१त २९८१ नं. को ट्याक्टर नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका ट्याक्टरलाई कारवाहीका लागि व्यास नगरपालिकाको कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै, सार्वजनिक अपराध मुद्दामा फरार एक प्रतिवादीलाई प्रहरीले पाँच वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका-२ का रविन्द्र अमगाई रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँको मिति २०७२ पुस १९ गतेको फैसलाले रु तीन हजार जरीवाना तोकिएका प्रतिवादीलाई घरबाटै आज पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक तिमिल्सिनाले जानकारी दिए । इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट खटिएको टोलीले पक्राउ गरेका उनलाई जरीवाना भुक्तानका लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker