डेंगु नियन्त्रणका लागि तनहुँमा “खोजौ र नष्ट गरौं” अभियान सुरु

भञ्ज्याङ समाचारदाता/दमौली

डेंगु संक्रमण बढ्न थालेपछि तनहुँमा ‘खोजौ र नष्ट गरौं’ अभियान सञ्चालन गरिएको छ । जिल्लाको व्यास नगरपालिका र शुक्गण्डकी नगरपालिकाले डेंगु संक्रमण रोक्थाम तथा न्यूनिकरणका लागि यो अभियान सञ्चालन गरेका छन् ।

तनहुँको व्यास नगरपालिकाले खोजौ र नष्ट गरौं अभियान सुरु गरेको छ । केही दिनयता जिल्लामा पनि डेंगुका बिरामी बढ्न थालेपछि नगरपालिकाले शुक्रबारदेखि अभियान सञ्चालन गरेको हो ।

सबै जागौ सबै लागौं, वरिपरि जमेको पानी हटाइ डेंगु हटाऔं भन्ने मूल नाराका साथ प्रत्येक शुक्रबार लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरिने स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए । उनले भने, ‘लामखुट्टेले फूल पार्न सक्ने सम्भावित स्थानहरुमा पुगेर खोजौं र नष्ट गर्ने अभियान सञ्चालन गरेका हौ ।’

अभियानको पहिलो दिन वडा नं. २, ३ र ४ का ग्यारेजहरुमा रहेका टायरहरुमा जमेको पानी सरसफाइ गरिएको छ । त्यस्तै पानी जम्मा भएको ठाउँमा किटनाशक औषधी छरिएको छ । प्रमुख सोतीले भने , ‘ग्यारेजका टायरमा जमेको पानीमा फूल पार्ने सम्भावना बढी हुने भएकाले त्यहाँ सरसफाइ गरिएको छ, साथै शुक्रबार लार्भाको खोजी गर्ने र नष्ट गर्ने अभियान निरन्तर सञ्चालन हुनेछ ।’

व्यास नगरपालिकाको र्‍यापिड रेष्पोन्स टिमको बैठकले नगरपालिकाका १४ वटै वडामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको सोतीले जानकारी दिए । खोजौै र नष्ट गर्ने अभियान कार्यान्वयन गर्नका लागि स्थानीय जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, आमा समूहहरु, पत्रकार, स‹संस्था तथा सम्पूर्ण सरोकारवाला निकायलाई परिचालन गरी अभियान सञ्चालन गरिने जनाइएको छ ।

यस अभियान अन्तर्गत घर वरपर सरसफाइ, पानी जम्ने खाडलहरु पर्ुर्ने र टिनका डब्बाहरु, थोत्रा टायरहरु, गमला, फूलदानी, बाल्टिनमा पानी जम्न नदिने र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले डेंगु नियन्त्रणका लागि नगरपालिकाले गर्नुपर्ने सबै काम गरिने बताए ।

यस्तै, देशभर फैलिरहेको डेंगु रोग रोकथाम तथा नियन्त्रणका लागि शुक्लागण्डकी नगरपालिकाले पनि लार्भा खोज र नष्ट अभियान चलाएको छ । शुक्रबार माइकिङ गरी डेंगुबारे जोगिन अपिल गर्दै दुलेगौडा बजार क्षेत्रमा सचेतनामुलक अभियान संचालन गरेको हो ।

नगरपालिका गेटबाट सुरु गरिएको सचेतना अभियान विपि चोक पुगी भित्री बजार हुदै खैरेनीटार स्वास्थ्य चौकीमा पुगेर समापन भएको थियो । अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयमसेविका, टोलका प्रतिनिधि, सामाजिक संघसंस्थाका पदाधिकारी तथा र्सवसाधरण नागरिकहरु सहभागी थिए ।

सो अवसरमा बोल्दै वडा नं ४ का वडाध्यक्ष राजकुमार वाग्लेले डेंगुबाट धेरैले ज्यान गुमाएको भन्दै सचेतनाका लागि अभियान सुरु गरिएको बताए । उनले चेतनाको अभावले हेलचेर्क्याइ भइरहेको हुँदा नागरिकलाई सचेत गराउन यो अभियान चलाइएको बताएका थिए । उनले भने ‘हामी सचेत भएनौ भने हामी डेंगुकोे सिकार हुन सक्छौँ । त्यहि भएर घर वरपर पानी जम्न नदियौँ ।’

स्वास्थ्य शाखा प्रमुख डिबी थापा मगरले शुक्लागण्डकीमा यो बर्ष हालसम्म डेंग संक्रमण कसैलाई नभएको जानकारी दिए। उनले अहिलेसम्म शुक्लागण्डकीमा डेंगु नियन्त्रणमा रहेको भन्दै आगामी दिनमा पनि नियन्त्रण गरिरहन नगरका १२ वटै वडामा सचेतना कार्यक्रम गर्ने योजना रहेको बताएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker