नेपाल बार एशोसिएन तनहुँको अध्यक्षमा हड्खले चयन

भञ्ज्याङ समाचारदाता/दमौली

नेपाल बार एशोसिएन तनहुँ जिल्ला अदालत बार इकाईको अध्यक्षमा डम्बरदेव हड्खले चयन भएका छन् । इकाईको शुक्रबार दमौलीमा सम्पन्न २०औं अबिधेशनबाट हडखले सर्वसम्मत अध्यक्ष पदमा चयन भएका हुन् ।

इकाईको उपाध्यक्षमा शिवराज काफ्ले, सचिव हरिमान श्रेष्ठ, कोषाध्यक्षमा रबिन्द्र बराकोटी, सहसचिव बिष्णुभक्त सिग्देल चयन भएका छन् । इकाईको सदस्यहरुमा निवर्तमान अध्यक्ष पदेन सदस्य भानुभक्त सुवेदी, त्रिभुवन श्रेष्ठ, बिमल गिरी, बिष्णु हड्खले, माधव घिमिरे, बिष्णु पोखरेल, शिव रेग्मी र चेतनारायण पौडेल चयन भएका छन् ।

यसैगरी केन्द्रीय पार्षदमा शिवदत्त ढकाल, सरीता थापा भण्डारी र केशब भट्टराइ चयन भएका छन् । मानव अधिकार तथा जनसराकार समितिको संयोजकमा हरिश्चन्द्र अर्याललाई चयन भएका छन् भने अन्य दुइ सदस्य पछि थप गरिने बताइएको छ ।

इकाईका निवर्तमान अध्यक्ष भानु सुवेदीको अध्यक्षतामा आयोजित अधिवेशनको जिल्ला न्यायधिश हरिश्चन्द्र ढुंगनाले उद्घाटन गरेका थिए भने निवर्तमान सचिव त्रैलोक्य वाग्लेले सहजिकरण गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker